रास्वपाका नेताको जन्मदिनको उपहार गाउँको स्कूलका विद्यार्थीलाई झोला एक लाखको अक्षयकोष

देउपुर÷राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका अध्यक्ष प्रविणकुमार ढकालले आफ्नो जन्मदिनको अवसर पारेर आफू पढेको विद्यालयका विद्यार्थीलाई झोला उहपार दिनु भएके छ । मण्डनदेउपुरमा रहेको ब्रम्हायणी माविको दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशनको अवसर पारेर उहाँले विद्यालयका विद्यार्थीलाई झोला र थप १५ जना विद्यार्थीलाई स्टेशनरी वितरण गरेका हुन् ।
वडा शिक्षा समितिका संयोजक तथा वडा अध्यक्ष सोम प्रसाद ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदप्रसाद न्यौपानेलाई साक्षी राखेर उहाँले सो सामाग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले जन्मदाता पिता र मातासँगै रास्वपा मण्डनदेउपुरका सभापति मणिराम पौडेललाई अघि राखेर विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया