बनेपा÷काभ्रे मावि बनेपाले गौरवमय ३१ बर्ष पुरा गरेको छ । २०४९ सालमा स्थापना भएको विद्यालयले हालसम्म एसएलसी र एसइइमा १८ सय ७८ जना विद्यार्थी उत्पादन गरेको छ । काभ्रे शिक्षा विकास प्रतिष्ठानले संचालन गरेको विद्यालयको ३१ औ बार्षिकोत्सवमा विद्यालयको प्रगति विवरण सार्वजनिक गर्दै प्रिन्सिपल कुमार मानन्धरले विद्यालयसँग चल अचल सम्पत्ति १४ करोड रुपियाँ बराबरको रहेको जानकारी गराउनुभयो ।
विद्यालयमा पूर्व प्राथमिक तहदेखि उच्च माध्यामिक तहसम्म एक हजार २६० विद्यार्थी अध्ययरत रहेका छन् । अघिल्लो आर्थिक बर्षमा विद्यालयले विद्यार्थीसँग तीन करोड ९८ लाख संकलन गरेको र यो आर्थिक बर्षमा चार करोड २२ लाख संकलनको लक्ष्य राखेको विवरण प्रिन्सिपल मानन्धरले सार्वजनिक गर्नुभयो ।
सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई उपलब्ध गराउने जस्तै सेवा सुविधा प्रदान गरेको दाबी गर्दै विद्यालयले पाँच बर्ष नियमित पढाउने शिक्षकलाई उपदान, स्थायी शिक्षक कर्मचारीलाई संचयकोषको व्यवस्था गरेको सो अवसरमा जानकारी दिइएको थियो ।
काभ्रेका केही उत्कृष्ट शैक्षिक संस्थामध्येको एक सो विद्यालयको ३१ औं बार्षिकोत्सवको प्रमुख अतिथी भने काठमाडौं विश्व विद्यालयका उपकुलपति प्रा.डा.भोला थापा रहनु भएको थियो । उहाँले काभ्रे माविले योग्य नागरिक उत्पादनमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
अध्ययनसँगै सामाजिक कृयाकलापमा समेत विद्यालयले ध्यान दिएको र बार्षिकोत्सवमा प्रस्तुत भएका साँस्कृतिक कार्यक्रम निक्कै प्रभावशाली देखिएको उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जगन्नाथ अवाको सभापतित्वमा भएको कार्यव्रmममा स्वागत मन्तव्य भने सहायक प्रिन्सिपल विकास श्रेष्ठले राख्नुभएको थियो । संचालक समितिका सदस्य शान्तिराम कायस्थले विद्यालयले हासिल गरेको शैक्षिक अवस्थाको बारेमा सो अवसरमा जानकारी गराउनुभयो ।
विद्यार्थीहरुले मार्सल आर्ट, नृत्य, कलाको प्रहसन गरेका थिए । सो अवसरमा शिक्षक कर्मचारीलाइ सम्मान पनि गरियो ।
तपाईको प्रतिक्रिया