काभ्रेका साजन र अन्जान नेशनल च्याम्पियन हौसला बढाउन काभ्रेमा सम्मान

 

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाका होनाहर खेलाडीहरु साजन मोक्तान र अन्जान एस्माली मगर ५५ औं राष्ट्रिय कँरोत प्रतियोगितामा नेशनल च्याम्पियन बनेका छन् ।

भिन्न भिन्न विधामा स्वर्ण पदक जित्दै उनीहरु नेपालको तर्फबाट सातौं दक्षिण एशियाली तथा छैटौ ईनडोर मार्सल आर्ट प्रतियोगितामा छनौट भएर नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

 

मोफसलमा खेल्दैं नेशनल च्याम्पियन बन्न सफल भएपछि काभ्रे कँराते महासंघ र नेपाल सितोरियो संघ काभ्रेका पदाधिकारीले खेलाडीलाई प्रोत्साहन गर्दै नगद सहित सम्मान गरेका छन् । शनिबार बनेपामा आयोजित कार्यव्रmममा खादा ओडाएर उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानपछि साजन मोक्तानले आफूलाई थप मेहनत गर्ने उर्जा मिलेको बताउनुभयो । गुरुहरुले गरेको सम्मानले मलाई थप हौसला मिलेको बताउँदै मोक्तानले अब तालिममै केन्द्रीत रहने उल्लेख गर्नुभयो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथी कँराते महासंघ काभ्रेका अध्यक्ष प्रताप वैद्यले काभ्रेलीको मात्रै नभएर देशको प्रतिनिधित्व गर्दै पदक जित्ने हिसाबले खेल्न अनुरोध गर्नुभयो ।

तत्कालको लागि हौसला प्रदान गर्न सम्मान गरेका बताउँदै उहाँले साफ स्तरीय प्रतियोगितामा पदक जितेर ल्याएमा थप सम्मान गर्ने बताउनुभयो ।

काभ्रेका खेलाडीले पनि धेरै कुरा गर्न सक्ने कुराको प्रमाणित गरेको भन्दै दुबै खेलाडीले पदक जितेर नेपालको नाम राख्नेमा विश्वस्त रहेको बताउनुभयो ।

कराँते महासंघको बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ,महासचिव रामसुन्दर कुंवरले सितोरियो कँराते संघ काभ्रेका बरिष्ठ उपाध्यक्ष कान्छा प्रधान, उपाध्यक्ष नवराज मानन्धर, राजेश श्रेष्ठ, महासचिव गौतम मानन्धर, सचिव कविरकुमार रंजिकार, सहसचिव, मनिकसिंह तामाङ, सितोरियो संघको प्रशिक्षक सुरज केसीले खादा लगाएर सम्मान गर्नुभयो ।

तपाईको प्रतिक्रिया