सामाजिक उत्तरदायित्व बहन गर्दै ग्लोबल कलेजका विद्यार्थी

 

बनेपा÷विद्यार्थीले चाहेमा धेरै क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्न सक्छन् भन्ने उदाहरण जिसिएम सोसल क्लब ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गरेका छन् ।
जिसिएम सोसल क्लब ग्लोबल कलेज अफ म्यानेजमेन्टका कक्षा १२ का विद्यार्थीले सामाजिक सशक्तीकरण लागि क्लबको सानो पाइला अभियान संचालन गरिरहेका छन् । गैर नाफामूलक तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्था भएकाले पुनः प्रयोग गर्न सकिने सेनीटरी प्याडको तालिम महिला दिएका छन् । प्याडको प्रयोगले वातावरणलाई असर पारिरहेको सन्र्दभमा वातावरणमैत्री र पुनः प्रयोग गर्ने मिल्ने भएकाले यसले निक्कै फाईदा पुग्ने अपेक्षा राखेको अध्यक्ष विराज पौडेलले जानकारी दिनुभयो ।
पुनः प्रयोग गर्न मिल्ने सेनेटरि प्याड निर्माणको सिप प्रदान गरेर विद्यार्थी स्तरबाटै सामाजिक सशक्तिकरण र वातावरण संरक्षणमा सानो तर प्रभावकारी प्रयासको सुरुवात गरेको पौडेलले दाबी गर्नुभयो ।
तीन दिनसम्म तालिम लिएपछि सविता पराजुली र विमला मोक्तान निक्कै खुसी देखिनु भएको छ । बनेपाको आरजे प्याड उद्योगमा दिइएको तालिमको प्रशिक्षक भने जानुका पराजुली सापकोटा रहनु भएको थियो ।
क्लबले एक पटक तालिम दिने र त्यसै बीचमा नछोड्ने र तालिम लिएका महिलालाई आवश्यक पर्ने आर्थिक व्यवस्थापन, बजारीकरणमा पनि विशेष सहयोग उपलब्ध गराउने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया