गायिका रचना रिमालले तताइन बनेपा महोत्सव, आज एलिना चौहान बनेपा आउदै

फोटो : सचित खड्का

 

बनेपा – पछिल्लो समय युवाहरु बिच रुचाएकि गायिका रचना रिमालको संगितिक प्रस्तुतिले बनेपा महोत्सव तताएको छ । दशै केन्द्रित बनेपा महोत्सव संचालन भएको शुक्रबार आठौ दिनमा चर्चित गायिका रचना रिमाल आफ्नो प्रस्तुती दिन बनेपा आईपुगेकि हुन् । उनले महोत्सवमा चर्चित गितहरु उनको प्रिति पहिला हो कि, मिनलर वाटरा, फोटो फ्रेममा लागयत युवाहरु माझ लोकप्रिया गितहरु पस्केकि थिईन् । रिमाल बनेपा महोत्सवमा शुक्रबार बेलुका आएकि हुन् । उनि संगै महोत्सवमा अन्य कलकारहरुले पनि प्रतुति दिएका थिए । आठ दिन देखि संचालन भईरहेका बनेपा महोत्सवमा शुक्रबार अरु दिन भन्दा धेरै दर्शकहरु आएका आयोकले जानकारी दिए । शुक्रबार महोत्सवमा महिला– पुरुषको रेसलिङ र रचना रिमाल आउने भएकाले पनि दर्शकको ओईरो लागेको महोत्सव हेर्न पुगेका हेम तामाङले भने । पछिल्लो समयमा युवाहरु बिच चर्चित रहेकि रिमाल बनेपा महोत्सवमा आएकाले महोत्सव हेर्न आएका राजन पौडेलले रचनाले गाउने सबैखाले गितहरु युवाहरु बिच लोकप्रिय रहेका कारण युवाहरु रचनाको प्रस्तुतिमा झुम्मिएको भने ।

फोटो : सचित खड्का
फोटो : सचित खड्का

दशै केन्द्रित बनेपामा भईरहेको महोत्सव दशैको फुलपाति सम्म संचालन हुने महोत्सव मुल आयोजक समिति बनेपा ब्वाईज क्लबको अध्यक्ष महेश कर्मचार्यले जानकारी दिए । महोत्सवमा एक सय भन्दा धेरै स्टलहरु लगायत बालवालिकाहरुको लागि मनोरञ्जनको बिभिन्न खेलहरु रहेको कर्मचार्यले बताए । महोत्सवमा काभ्रेको कला र सस्कृति जोगाउनको लागि बिभिन्न प्रतियोगिताहरु संचालन भएका छन् । बिबिसि काभ्रे सिङगिङ आईडल प्रतियोगिता, बिबिसि यु १४ ए साइड फुटबल प्रतियोगिता संचालन भएका छन् ।
असोज १९ गते देखि संचालनमा रहेको बनेपा महोत्सवमा आज शनिबार चर्चित गायिका एलिना चौहान आफ्नो प्रस्तुति दिनको लागि बनेपा महोत्सवमा आउने आयोजकले जानकारी दिएकाछन् ।

तपाईको प्रतिक्रिया