उद्यम विकासमा नयाँ नेतृत्व, महिलालाई उद्यमशिल बनाउने विशेष प्रस्ताव

पनौती÷उद्यम विकास साकोसले आर्थिक बर्ष २०८०÷०८१ मा महिला उप समिती मार्फत गर्ने कार्यक्रमको प्रस्तावना आव्हान गरेको छ । सहकारीको १६ औं बार्षिकोत्सवमा जारी भएको बार्षिक प्रतिवेदनमा महिला उपसमितिले प्रस्तावनाको प्रतिवेदन पेश भएको छ ।
शनिबार पनौतीमा भएको साधारण सभामा सिपमूलक तालिम, तिज विशेष कार्यक्रम, क्षमता विकास तालिम, साँस्कृतिक सम्पदाको सफाई, महिला स्वास्थ्य सम्बन्धि जनचेतना र कौसी तथा घरको भान्साबाट निस्किने कुहिने फोहोरबाट मल बनाउने तालिम संचालनको प्रस्ताव आव्हान गरेको छ ।
जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा काभ्रेका राम्रा सहकारीमा उद्यम विकास पनि रहेको बताउनुभयो । उहाँले सहकारीको मूल्य मान्यतालाई आत्मसाथ गर्दै सहकारीले आफूलाई प्रमाणित गरेको बताउनुभयो ।
अध्यक्ष रोशनकुमार श्रेष्ठले सहकारीले अहिलेसम्म हासिल गरेको उपलब्धीको बारेमा विवरण पेस गर्नुभयो । सहकारीमा हाल ४ हजार ४४८ सेयर सदस्यले कारोबार गरेका छन् ।
संस्थाको साधारण सभामा सहभागि बक्ताहरुले संस्थाले नाम अनुसारको काम गरेको भन्दै शुभकामना व्यक्त गरेका थिए । सदस्यहरुलाई उद्यम तर्फ केन्द्रित गरी आयआर्जनमा जोड दिएको दाबी गरेका थिए ।

सभामा उपाध्यक्ष सनिल सुन्दर सैंजु, सचिव ऋषिराम सापकोटा र कोषाध्यक्ष विमल कार्कीले संस्थाका गतिविधिका बारेमा जानकारी गराएका थिए । लेखा सुपरिवेक्षण समितिका संयोजक सहकुल बस्नेतले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीमा ४ करोड ६० लाख १३ हजार ९ सय शेयर पुँजी रहेको छ भने ४७ करोड १९ लाख ३६ हजार ८ सय १० निक्षेप जम्मा भएको छ । त्यस्तै ४३ करोड ६ लाख ६५ हजार रुपैयाँ ऋण लगानी भएको छ ।
नयाँ समिति चयन
अधिबेशनले सनिल सुन्दर सैंजुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष सविता थापा, सचिव विमल कार्की, कोषाध्यक्ष शिवनारायण घुलु रहेका छन् । त्यस्तै सदस्यहरुमा सहकुल बस्नेत, विन्दा विक, रञ्जना थापा खड्का, प्रविन कर्माचार्य, द्धारिकानाथ राजभण्डारी, सुमित्रा श्रेष्ठ, रामकृष्ण काफ्ले, इश्वर विजुक्छे रहेका छन् । निर्वाचन समितिमा महेश्वर जंगमको संयोजकत्वमा सुर्यबहादुर गोले र कल्पना विक सदस्य रहेका थिए ।

तपाईको प्रतिक्रिया