चाडपर्व मनाउन सिकाउँदै ज्ञानकुञ्ज

बनेपा÷लामो बिदा अनि ठूला चाडपर्वमा विद्यार्थीले कसरी धेरै मज्जा लिन सक्छन् र परिवारलाई सहयोग पु¥याउन सकिन्छ भनेर काभ्रेपलाञ्चोककै सबैभन्दा ठूलो शैक्षिक संस्था ज्ञानकुञ्जले विद्यार्थीलाई सिकाएको छ ।
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले असोज २६ गते शुक्रबार बडा दशैं शुभकामना कार्यक्रममा विद्यार्थीमा नैतिकता र चाडपर्वको महत्वको बारेमा बुझाएको हो । । विहानी तथा दिवा सत्रको कार्यक्रममा व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
वैद्यले विद्यार्थीहरुलाई नैतिक, व्यावहारिक भई चाड पर्वमा आफ्नो परिवारका सदस्यहरुलाई सर–सहयोग गर्ने, स्वस्थ्यकर खानेकुराहरु खाने र तनाव रहित वातावरणमा आफ्नो परिवारहरुसंग बसेर सभ्य भई चाडपर्व मनाउने विचार व्यक्त गर्दै शुभकामना प्रदान गर्नुभयो ।
सहायक कलेज प्रमुख नवराज चौलागाई र सहायक प्रधानाध्यापक रत्नराज खतिवडाले शिक्षक, अभिभावक, शुभचिन्तक तथा विद्यार्थीहरुलाई शुभकामना प्रदान गर्नुभयो । दोस्रो चरणको कार्यक्रममा आफ्नो संस्कृति झल्कने विभिन्न सांस्कृतिक नृत्य, गायन प्रस्तुत गरेका थिए भने अन्तयमा सम्पूर्ण तहमा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा शिक्षकहरुले टिका, जमरा, उपहार प्रदान गरेका थिए ।

 

तपाईको प्रतिक्रिया