बनेपामै बसपार्क बनेको ४० बर्षपछि पुर्ण संचालनको तयारी

बनेपा÷मध्यपहाडी जिल्लाको व्यापारिक रुपमा रहेको काभ्रेपलाञ्चोक जिल्लाको बनेपालाई गाडी धनी बस्ने नगरपालिकाको रुपमा लिने गरिन्छ । दशकौंदेखि बनेपाका स्थानीयले गाडी व्यवसायलाई मुल व्यवसायको रुपमा मान्ने गरेका छन् । सोही कुरालाई ध्यानमा राखेर बनेपामा बिस २०४० सालमा बस पार्क निर्माण गरिएको थियो । बसपार्क निर्माण भएको ४० बर्षपछि पुर्ण रुपमा जेठ १० गतेबाट बसपार्क पुर्ण संचालनको तयारी थालिएको छ ।
४० बर्षपछि पूर्णरुपमा संचालन हुन नसकेको बनेपा बसपार्क संचालनमा आउने भएपछि व्यवसायी उत्साही देखिएका छन् । बनेपा नगरपालिका सभाहलमा यातायात व्यवसायी बीच छलफल भएको छ । बनेपा नगरपालिका क्षेत्रभित्रका यातायात व्यवस्थापन र बसपार्क संचालन गर्ने बिषयमा मेयर शान्तिरत्न शाक्यको अध्यक्षतामा बसेको बैठकले बसपार्क संचालनको निर्णय भएको हो ।
उपप्रमुख बिमला सापकोटाको विशेष उपस्थितीमा भएको बैठकमा अरनिको राजमार्ग भएर संचालन हुने सबै यात्रुबाहक बसहरु बनेपा बसपार्क प्रवेश गरेर यात्रु चढ्ने ओर्लने व्यवस्था मिलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आवश्यक कार्ययोजना सहितको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
बसपार्क संचालन सवारी चाप व्यवस्थापनका लागि अरनिको राजमार्ग बनेपा सडक खण्डको हाललाई बसपार्क प्रवेश गर्ने पश्चिम प्रवेश मार्गदेखि तीनदोबाटोसम्म र चाँदनीचोकदेखि चारदोबाटोसम्मको दक्षिण तर्फको सर्भिस ट्राक खाली गराई सोही ट्रयाकबाट बस चलाउने निर्णय भएको छ ।
बनेपाबाट विभिन्न स्थानका लागि छुट्ने बसहरु बसपार्कबाट मात्रै छुट्ने र नीजि सवारीका साधन बसपार्कमा राख्न नपाउने भएको छ ।

तपाईको प्रतिक्रिया