रोशीको एक बर्षे समिक्षा बजेट कटौतीले पा¥र्याे समस्या

कटुञ्जे÷काभ्रेपलाञ्चोकमा रहेका १३ वटा स्थानीय तहमध्ये रोशी गाउँपालिकाले आफूले एक बर्षमा गरेको कार्यकाल पत्रकार साक्षी राखेर समिक्षा गरेको छ ।
रोशी गाउँपालिकाको कार्यपालिकाको सभाहलमा बुधबार पत्रकारसँग अन्तरकृया गर्दै एक बर्षे कार्यकालको समिक्षा गरेको हो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एक बर्षमा गरेको कार्यको प्रगती विवरण सार्वजनिक गर्नुभयो ।
२०७९ जेठ ९ गते गाउँपालिकामा विजयी बनेपछि सपथ ग्रहणमा रोशीका ६० बर्ष नाघेका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बीमा गराउने प्रतिबद्धता अनुसार एक बर्षमा एक हजार ४४० जनाको बीमा गरिएको जानकारी गराईएको थियो ।
एक बर्षमा गाउँपालिकाले संस्थागत सुशासन, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र न्याय सम्पादनमा गरिएको प्रगतीको विवरण सार्वजनिक गरिएको थियो ।
काभ्रेको गाउँपालिकामध्ये सबैभन्दा ठूलो र जनघनत्व धेरै रहेको गाउँपालिकाको भुगोलको कारणले समेत सहज रुपमा विकास गर्न अप्ठारो परेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
आन्तरिक आयस्रोतको रुपमा रहको गिटी, ढुंगा निकासीका लागि सहज रुपमा टिपर चल्ल नसकेपछि श्रोतको समस्या देखिएको उहाँले बताउनुभयो । एक बर्षमा गाउँपालिकाको आन्तरिक र प्रदेश र केन्द्रको बजेटले काम गरेपनि बजेटमा कटौती भएपछि भुक्तानी दिन नै समस्या परेको अध्यक्ष लामाले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईवाले गणतन्त्रको सुन्दरता भनेकै जनप्रतिनिधि रहेको र गठबन्धनबाट विजयी भएपछि सोही अनुसार काम गरिरहेको दाबी गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले संचालन गरेको कार्यक्रममा एक बर्षमा गाउँपालिकाले सम्पादन गरेको कार्यको जानकारी गराईएको थियो ।

तपाईको प्रतिक्रिया