नीति निमार्ण तथा सेवा प्रवाहका बारेमा जनप्रतिनिधि संग धुलिखेलमा छलफल


धुलिखेल – नीति निमार्ण तथा सेवा प्रवाहका बारेमा जनप्रतिनिधि संग छलफल कार्यक्रम धुलिखेलको एक होटलमा सम्पन्न भएको छ । काभ्रे जिल्लाको १३ स्थानिय तहका पालिका उपप्रमुख तथा उपाध्यक्ष लक्षित गरी गरीएको कार्यक्रममा बनेपा नगरपालिका, पांचखाल नगरपालिका, महाभारत, खानीखोला, बेथानचोक गाउँ पालिकाका उप प्रमुख तथा उपाध्यक्ष तथा नागरिक प्रतिनिधिको उपस्थितीमा कार्यक्रम सम्पनन गरीएको थियो ।
स्थानिय सरकारले बनाउने ऐन, नियम, कानुन तथा बिधेएक विषयमा स्थानिय सरकारले समुदाय, परिवेश, रहनसशनको आधारमा कानुन बनाउन, तथा कार्यान्वयन गर्ने संबैधानिक व्यवस्था समेत रहेको छ । यस व्यवस्था अनुसार नै स्थानिय सरकारले कानुन निमार्ण गरी राजपत्रमा प्रकाशन गरी स्थानिय तहमा कार्यान्वयन गरी चुस्त सरकारको अनुभुति नागरीकलाई दिलाउन सक्ने व्यवस्था रहेको छ ।
नागरिकको लागी निमार्ण गरीएको कानुनको अवस्था अध्ययन गर्ने र पालिकाको अवस्था विषयमा समेत छलफल गर्ने सहित आवश्यक कार्य अगाडी बढाउने सहित हरेक नागरीकलाई कानुन बाट बञ्चित समेत नगर्ने गरी स्थानिय सरकारको प्रत्याभुति गर्ने विषयमा प्रतिबद्ध रहेको बनेपा नगरपालिका उप प्रमुख बिमला दाहाल सापकोटाले बताईन् । कार्यक्रममा जन प्रतिनिधिहरु मध्ये उप प्रमुखहरुको धेरै जिम्मेवार रहेको आफूमा रहेको जिम्मेवार्ी काम सधै जनताको पक्षमा हुने पाँचखाल नगरपालिका उप प्रमुख सुर्यमाया दनुवारले बताईन् ।
भुगोल ले ठगीएको र सामाजिक संघ सस्थाबाट समेत पहुचमा पार्न नसकेको तथा सामाजिक संघ सस्थासंग सहकार्य गर्ने अवसर भुगोलको कारण बञ्चित रहेको भएता पनि आगामी दिनमा खानी खोला तथा महाभारत गाउपालिकालाई सामाजिक संघ सस्था मैत्रि बनाएर कार्य अगाडी बढाउने विषयमा स्थानिय सरकार प्रतिबद्ध रहेको महाभारत गाउपालिकाका उपाध्यक्ष सागर मोक्तानले बताए ।
सामाजिक संघ सस्था सहकार्य र समुदायको पर्याय हुन सामाजिक संघ सस्थाको योगदानको कदर गदै निरन्तर रुपमा स्थानिय सरकार मैत्रि बनाउन सदैव सहकार्य सहित कानुन निमार्ण प्रकृया सहित आवश्यक परामर्शको लागी सामुदायिक सारथि संग सदैव हातेमालो गर्ने गरी अगाडी बढन बेथानचोक गाउपालिका सदैव तयार रहेको बेथानचोक गाउँ पालिकाको उपाध्यक्ष तारा राना तिमल्सिनाले बताईन् ।
सामुदायिक सारथिका जिल्ला संयोजक भेषबहादुर दनुवारले सहजिकरण गरिएको कार्यक्रमको प्रस्तुतति करण कार्यक्रममा समाुदायिक सारथीका प्रमुख व्यवस्थापक अनिल खनालले सहजिकरण गरिएको थियो ।
सामुदायिक सारथिले विगत १० वर्ष अगाडी देखि गरीएको काभ्रेका सामाजिक अभियान पछिल्लो स्थानिय तहको अवस्थामा १३ वटानै पालिकामा कार्य गर्ने अवसर पाएको र उक्त अवसरलाई समयावधि को आधारमा उपयोग गर्ने स्थानिय सरकार जति उत्साहित हुनु हुन्छ समग्र स्थानिय तहले आगामी दिनमा दातृ निकायको आर्थिक सहयोग नहुदा पनि सामुदायिक सारथिसंग सहकार्य गरी अगाडी बढन सकेको खण्डमा अझ प्रभावकारी हुने अपेक्षा रहेको बताउदै सामाजिक संघ सस्था मैत्रि स्थानिय सरकार काभ्रे बनाउन समेत आवश्यक रहेकोमा सामुदायिक सारथि पुर्ण आशाबादी रहेको बताउदै कार्यक्रममा उपस्थित पालिका उपप्रमुख हरुलाई खादा लगाएर सम्मान गर्दै कार्यक्रम विर्षजन सामुदायिक सारथिका अध्यक्ष कृष्ण प्यारी नकर्मिले गरिएको थियोे ।

तपाईको प्रतिक्रिया