मानव अधिकार कार्ययोजना बिषयमा पनौतीमा छलफल


पनौती – मानव अधिकार कार्ययोजना विषयक मस्यौदामा पनौतीमा छलफल कार्यक्रम भएको छ । पनौती नगरपालिकाको सभाहलमा पनौती नगरपालिकाको नगर प्रमुख रामशरण भण्डारी को प्रमुख आतिथ्यतामा भएको छलफलले पनौती नगरपालिका काभ्रे तथा देशकै पहिलो मानवअधिकार मैत्रि नगरपालिका घोषणा पत्र जारी गरी नागरीकको हितमा रहेको नगरपालिका को पहिचान बनाएको छ । पनौति नगरपालिका मानव अधिकार मैत्रि नगरपालिका संग संगै विकसित रुपमा अगाडी बढदै गर्दा स्थानिय तहमानै पहिलो मानव अधिकार मैत्रि कार्य योजना निमार्ण गरी अगाडी बढने रणनिति साथ अगाडी बढिरहेको छ ।
सामुदायिक सारथिले विगत ४ बर्ष देखि गरीरहेको कार्य अनुभव साथ मानव अधिकार कार्य योजना निमार्ण गर्न पाएको जिम्मेवारी लाई मस्यौदाको रुपमा बुधबार विषयगत शाखा कार्यालय प्रमुख प्रतिनिधि सहित गठित कार्यदलको संयोजक बरिष्ट प्रशासकिय अधिकृत ईन्द्र प्रसाद अधिकारी ले मस्यौदालाई पालिकाको नितिगत व्यवस्था अनुसार बार्षिक कार्ययोजनामा पर्ने गरी परिषद बाट पारित गर्ने गरी तत्तकाल सल्लाह सुझाव संकलन गर्ने सहित सामुदायिक साथिले पृष्ट पोषणलाई समेत समेटेर कार्य अगाडी बढाई मस्यौदालाई पुर्ण रुपमा नगरपालिकाको सम्पती बनाउन प्राविधिक सहयोग उपलब्ध गराउन समेत सुझाउनु भएको छ ।
सेवा प्रदायक र सेवाग्राही विचको समन्वय र सहकार्यका साथ पनौति नगरपालिकाको भुगोल मैत्रि तथा बजेट को मापदण्ड सहित नगरपालिकाको मानव अधिकार मैत्रि विषयमा केन्द्रित रहेर तिब्रताको साथ कार्य गरी नगरपालिकालाई सहयोग गर्न समेत अनुरोध गर्दै आगामी दिनमा सामुदायिक सारथिसंग गर्न सकिने सहकार्यको पुर्ण अपेक्षा समेत गरी मस्यौदा कार्यलाई अगाडी बढाउन अनुरोध नगर प्रमुख रामशरण भण्डारीले गरिएको थियो ।
मस्यौदा छलफल कार्यक्रम सहजिकरण कार्य सामुदायिक सारथिका जिल्ला संयोजक भेषबहादुर दनुवार ले गर्नुभएको थियो । उक्त कार्यक्रममा मानव अधिकार कार्ययोजना बनाउनुको उदेश्य, आवश्यक्ता र महत्वको साथै पनौति नगरपालिकामा सामुदायिक सारथिले विगत ४ बर्ष देखिको महत्वपुर्ण उपलब्धि बनाउन समेत आवश्यक्ता महशुश गरी प्राविधिक सहयोग उपलब्ध गर्न आवश्यक ठानेको बताएका थिए । मस्यौदा कार्ययोजना बासुदेव बजगाई ले गरेको प्रस्तुति करणमा एफ.एच.आई ३६० का सन्तोष सिग्देलले समेत पनौति नगरपालिका मानव अधिकार मैत्रि कार्य योजना बनाउने नेपालकै स्थानिय सरकार मध्ये पहिलो हुन आवश्यक रहेको विषयमा औल्याउनु भयो ।

तपाईको प्रतिक्रिया