महादेवस्थान÷चनौटे फाँटमा धेरै पाटी थिए । नौबिसेका सापकोटाको खेतको बीचमा रहेको पाटी देउपुरका डोटेल र ढकालको खेत नजिकको पार्टी, सिउडिनीटार रानीटारका सापकोटाको खेत नजिकैको पाटी कुन्तावेशीका नेवार समुदायको खेत नजिकैको पाटी । धेरै पार्टी नासिए । आज हामी मण्डनदेउपुर नगरपालिकाका पौडेलहरुको खेत नजिकैको पाटीको कुरा गर्दैछौ ।
केही समयदेखि चर्चाको शिखरमा रहेको पाटी निर्माणका लागि सयौं पटक स्थानीय जनता मण्डनदेउपुर नगरपालिकाको कार्यालय पुगेपनि काम भने हुन सकेको छैन । पौडेल गुठी पाटीको नाममा केही रोपनी जग्गा पनि छ । पौडेलले बनाएको पाटी भएर यसलाई पौडेल पाटी भन्नेहरु पनि छन् । पार्टी निर्माणमा लाखौं रुपियाँ खर्च हुने भएकाले श्रोत जुटाउन समस्या परेको छ ।
स्थानीय बिमल पौडेल कुनै पनि निकायले चासो नदिएकाले पाटी ढल्ने अवस्थामा पुगेको बताउनुभयो । सयांै बर्ष पुरानो पार्टीले घाम पानीमा ओत लाग्ने, पार्टीभित्र नै खानेपानी खुवाउने व्यवस्था हुँदै आएकोमा पार्टी जोगाउन सबैको सहयोग आवश्यक रहेको सुनाउँछन् ।
स्थानीय सरकारलाई गिज्जाइरहेको पाटी
2022-06-08T20:15:53+05:45

तपाईको प्रतिक्रिया