पहिलो बन्यो प्रेस सेन्टर काभ्रे, माओवादीबाट विजयी हुने जनप्रतिनिधीलाई सम्मान

धुलिखेल÷ प्रेस सेन्टर काभ्रेपलाञ्चोक शाखा नेपालमै पहिलो बनेको छ । स्थानीय तह निर्वाचनमा काभ्रेपलाञ्चोकबाट विजयी हुने माओवादीका नेतालाई शनिबार प्रेस सेन्टरले सम्मान गरेको छ । संम्भवत नेपालमै सम्मान गर्ने र जनप्रतिनिधीलाई जनताको पक्षमा काम गर्न खबरदारी सहितको सम्मान गर्ने काभ्रे शाखा पहिलो बनेको छ ।
जनमुखी काम गर्दै जनताको पक्षमा उभिन आव्हान गर्दै प्रेस सेन्टर काभ्रेले सम्मान गरेको हो । माओवादी केन्द्र बाट स्थानीय तहको निर्वाचनमा प्रमुख र उप प्रमुखमा निर्वाचित भएका ८ जना लाई सम्मान गरेको हो ।
प्रेस सेन्टर जिल्ला अध्यक्ष रोजन तामाङको अध्यक्षतामा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य एवं पुर्व मन्त्री सुर्यमान दोङ लालध्वजको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम गरिएको हो । माओवादी केन्द्र बाट जिल्लामा निर्वाचित भएका खानिखोला गाउँ पालिका अध्यक्ष इन्द्र बहादुर थिङ, चौरी देउराली गाउँ पालिका अध्यक्ष रेणुका चौलागाई, महाभारत गाउँ पालिका अध्यक्ष कान्छालाल जिम्बा र भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेललाई सम्मान गरेको हो । माओवादी केन्द्रबाट निर्वाचित रोशी गाउँ पालिका उपाध्यक्ष मिम बहादुर वाईवा, नमोबुद्ध नगरपालिका उपप्रमुख रत्न लामा, तेमाल गाउँपालिका उपाध्यक्ष्मा दलमान थोकर र बेथानचोक गाउँ पालिका उपाध्यक्षमा निर्वाचित तारा राना तिमल्सिनालाई सम्मान गरिएको छ । जन प्रतिनिधि सम्मान गर्दै पुर्व मन्त्री दोङले माओवादी पार्टी बाट निर्वाचित भएर मुख्य रुपमा जनताको सेवक हो भने र सबै प्रतिनिधिहरुले काम गर्नु पर्ने बताए । अबको दिनमा सबै प्रमुख उप प्रमुखहरु मिलेर जनहितमा काम गर्न लाग्नु पर्ने मन्त्री दोङले बताए । सम्मान कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्य डिल बहादुर थोकर, पेमा लामा, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, पुर्व जिल्ला अध्यक्ष रामकृष्ण बन्जारा लगायत कार्य समितिको सदस्यसँगै काभ्रेका संचारकर्मी र माओवादीका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया