बनेपा÷ स्थानीय तहको निर्वाचनमा २०७९ मा काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहमध्ये चार वटा प्रमुख, चार उपप्रमुखसँगै २५ जना बडाअध्यक्षमा र १२१ जना जनप्रतिनिधीलाई नेकपा माओवादी केन्द्र काभ्रेले सम्मान गरेको छ ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तको प्रमुख आतिथ्यतामा सो सम्मान कार्यक्रम भएको हो । २०६४ सालमा काभ्रेको पहिलो दल बनेको माओवादी केन्द्र त्यसपछि क्रमशः खुम्चदै आएको थियो । अघिल्लो संघीय र प्रदेशको निर्वाचनमा दोश्रो दल बनेको सो पार्टी स्थानीय तहको निर्वाचनमा पुनः दोश्रो दल बन्न सफल भएको छ ।
कार्यक्रममा बोल्दै नेता पुनले जनताले चुनेका जन प्रतिनिधिले राम्रो काम गरेन भने पार्टीले फिर्ता बोलाउने ब्यवस्था हुनु पर्ने बताए । नेता पुनले पार्टीले उम्मेदवार बनाएर पठाए पछि जनताले चुनिएकाहरुले राम्रो काम नगरिए फिर्ता गर्ने ब्यवस्था हुनु पर्ने बताए । राम्रो काम गर्नेको जनताले नै मुल्याङकन गर्ने जनताको अहितमा काम गर्ने जो कोहि जनप्रतिनिधि लाई पार्टीले कारबाही गरिने समेत बताए ।
बधाई सम्मान कार्यक्रममा पालिकाहरुमा जितेका जनप्रतिनिधिले पार्टीको निश्चित नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गरेर देखाउन पुनले निर्वाचित प्रतिनिधिहरुलाई निर्देशन दिए ।
०७४ को स्थानीय निर्वाचनमा माओवादीले जितेका आधा स्थानीय तहमा यो पटकको निर्वाचनमा हार ब्यहोर्नु परेको भन्दै पुनले राम्रो काम तर्फ जोड् दिन समेत निर्देशन दिए । ‘राम्रो गर्नेलाई प्रोत्साहन गर्ने । राम्रा प्रतिनिधिलाई सम्मान गर्ने र हौसला बढाउने काम हुन्छ’, पुनले भने, ‘नराम्रो गर्नेलाई सच्याउने र आवश्यक परे कारबाही पार्टीले गर्नु पर्ने पुनले जोड् दिए ।
कार्यक्रममा पुर्व मन्त्री माओवादी केन्द्र काभ्रे इन्र्चाज सुर्यमान दोङ लालध्वजले यो निर्वाचनमा जितेकाहरुले अर्काे निर्वाचनमा समेत जित्न सक्ने गरी काम गर्नु पर्ने बताए । निर्वाचित सबै प्रतिनिधिहरुले जनता प्रतिको उत्तरदायि जिम्मेवारी लिएर अघि बढ्नु पर्ने जोड् दिए । कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले शुभकामना मन्तब्य राखेका थिए । माओवादी केन्द्र काभ्रेले जिल्लामा निर्वाचित पालिका अधयक्ष चार जना, उप प्रमुख चार जना र वडा अध्यक्षमा जितेका २५ जना र वडा सदस्यमा जितेका गरी १ सय २१ जना नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रम जिल्ला समन्वय समिति संयोजक भोला अर्यालको अध्यक्षतामा तथा जिल्ला सचिव दैबलाल घिसिङलेले संचालन गरेका थिए ।
काभ्रेमा माओवादीबाट विजयी हुने १२१ जनप्रतिनिधीलाई सम्मान
2022-05-28T21:25:45+05:45

तपाईको प्रतिक्रिया