नेपाली कविको प्रशंसा

बनेपा÷ नेपाल कम्युनिस्ट पार्टी(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली साहित्यको प्रशंसा गर्नुभएको छ । स्थानीय तह निर्वाचनपछि आईतबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागिता जनाउनुभएको ओलीले कुनै राजनीतिक टिप्पणी गर्नुभएन ।
केही दिनदेखि स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गरिरहनु भएका ओली आईतबार पुस्तक विमोचन कार्यक्रममा सहभागी हुनु भएको छ । मीना श्रेष्ठको कविता संग्रह ‘फर्गेट स्टर्डे’ सार्वजनिक कार्यक्रममा सहभागी हुनु भएको ओलीले सो कार्यक्रममा कवि र कविताको बारेमा मात्रै चर्चा गर्नुभएको छ । उहाँले हरेक नेपाली जन्मजातनै कवि रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले हरेक नेपालीको अन्त्यमा कवि लेखेपनि फरक नपर्ने बताउँदै लिपि पैदा हुनुभन्दा अगाडि पनि नेपालीहरूले गीत गाउने र काव्य रचना गर्ने बताउनुभयो । उहाँले काव्य, छन्दको रचना, तालको आविष्कार नै नेपाली भूमिमा भएको बताउनुभयो ।
उहाँले विश्वका जस्तासुकै ठूला कविलाई समेत नेपालको आँशु कविले १० मिनेट घाँस काट्दा काट्दै हराईदिने दावि गर्नुभयो । उहाँले नेपाली गितमा दोहोरी खेल्न सक्ने क्षमता संसारमा कसैसँग नभएको उहाँले भन्नुभयो ।
उहाँले नेपालीले विपक्षीलाई खुत्रुक्कै पार्ने गरि काव्यात्मकता, लयात्मकता हिसाबले गित गाउन सक्ने बताउनुभयो । उहाँले हरेक नेपालीले जीवनका मर्म र समस्यालाई गितमा उतातेर समाधान समेत निकाल्न सक्ने सार्मथ्य राख्न सक्ने बताउनुभयो ।
अध्यक्ष ओलीले हातहतियारको सृष्टि समेत नेपालमै भएको बताउनुभयो । ढुंगे युगबाट धातु युगमा प्रवेश गर्दा शिवले त्रिशूल लिएको भन्दै यही नै पहिलो हतियार भएको उहाँले दावि गर्दै शिवले बजाएको डमरु नै पहिलो वाध्यवाधन भन्नुभयो ।
‘ गित संगित हतियार मात्रै नभएर नृत्यको सुरुवात समेत नेपालमै भएको हो । शास्त्रार्थको सुरूवात पनि हाम्रै भूमिबाट भएको हो । अरुले शास्त्र भन्ने नै पत्ता नलगाउँदा त्रेता युगमा शास्त्रको सम्वन्धमा बहस हुने गर्दथ्र्याे’ ओलीले दावि गर्नुभयो ।

तपाईको प्रतिक्रिया