काभ्रेमा १३५ मध्ये ४० वडाको नतिजा सार्वजानिक

काभ्रेमा जेठ २ गते बिहान १० बजे सम्ममा जिल्लामा ४० वडाको मात्र मतपरिणाम सार्वजानिक भएको छ । जिल्लामा १३ स्थानीय तहहरुको कुल १ सय ३५ वडा रहेकाछन । केहि पालिकाहरुमा ५ ओटा वडाहरुको मत सार्वजानिक भएको छ भने जिल्लाको बेथानचोक र तेमाल गाउँ पालिकामा १ वडाको मात्र मत सार्वजानिक भएको छ । बेथानचोक र तेमाल गाउँ पालिकामा मत गणनाकोे बिषयमा बिवाद देखिपछि मत गणना ढिला भएको निर्वाचन कार्यालयले जनाएको छ । सबै भन्दा धेरै जिल्लाको भुम्लु गाउँ पालिकाको मत सार्वजानिक भएको छ । यो समाचार तयार पार्दा सम्म भुम्लु गाउँ पालिकाको वडा नं ६ सम्मको नतिजा आएको देखिन्छ । जिल्लामा एमाले १६, कांग्रेस १७, माओवादी  ६ र स्वन्तत्र १ गरि ४० वडाको मात्र नतिजा आएको छ ।

तपाईको प्रतिक्रिया