जिल्लाको बेथानचोक गाउँ पालिका र तेमाल गाउँ पालिकाको मतगणना रोकिएको छ ।
मतगणना गर्ने क्रममा दलका प्रतिनिधिहरु बिच भएको बिवादले गर्दा तेमाल गाउँ पालिकाको वडा नं १ को मतगणना रोकिएको छ । शनिबार राती ८ बजे देखि रोकिएको मतगणना सुरु भएको छैन । तेमाल गाउँपालिका निर्वाचन अधिकृत बिमला रेग्मीका अनुसार राती देखि रोकिएको मतणना सुरु गर्नको लागि बिहान सर्वदलिय बैठक बोलाएको जानकारी दिए । हामी बेठक राखेर पुन मतगणना गर्नको लागि प्रयसरत रहेको रेग्मीले अन्नपुर्णलाई जानकारी दिए । बेथानचोक गाउँ पालिकामा पनि मतगणना रोकिएको निर्वाचन अधिकृत लक्ष्मी प्रसाद रेग्मीले जानकारी दिए । राती बेथानचोक गाउँ पालिका वडा नं १ को मतपरिणाम सार्वजानिक भए संगै मतगणना स्थलमा नेकपा एमालेका कार्यकर्ताहरुले नारा जुलुस सहित सिसि टिभि हेर्न पाउनुपर्ने भन्दै नारा जुलुस गरेपछि मतगणना रोकिएको थियो । राती देखि मतगणना रोकिएको दुई पालिकामा मतगणना हुन सकिएको छैन । निर्वाचन कार्यलयहरुको अनुसार सर्वदलिय बैठक राखेपछि पुन मतगणना गर्नको लागि प्रयस जारी रहेको जनाएको छ ।
बेथानचोक र तेमालको मतगणना रोकिए
2022-05-15T07:27:39+05:45

तपाईको प्रतिक्रिया