
नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एव काभ्रे जिल्ला सह ईन्चार्ज मिम बहादुर वाईवा अर्थत ज्वाला काभ्रेली राजनितिमा नयाँ नाम होईन । लामो समय राजनितिमा जिवन बिताएका सलिन नेता मध्ये एक हो ज्वाला । हाल जिल्लाको रोशी गाउँ पालिका गठबन्धनको तर्फ बाट उपाध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेवदार हुन् । पालिकामा अध्यक्ष पदको लागि कांग्रेस पार्टी बाट दिनेश लामाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिए संगै रोशीको जनताको बिचमा रहेका गबठन्धनका उम्मेदवारहरु घर दैलो कार्यक्रमहरुमा ब्यस्ता देखिन्छ । जनताको घर दैलोमा पुग्ने क्रममा रोशीको जनताहरुको अपार माया पाएको मिम बहादुर वाईवा ज्वालाले बताए । अहिलेको समय केन्द्र देखि तल्लो तह सम्म गठबन्धन गरेर लागिरहेको छ जनताले नै बनाएको संबिधान रक्षा देखि जनयुद्ध बाट स्थापित गणतन्त्रलाई सस्थागत गर्नको लागि हामी मत माग्न जनताको बिच पुगेको उम्मेदवारहरु बताउछन् । अब केहि दिनमै रोशीको जनताले हामीलाई जिताएर पठाउने ज्वाला बताउछन् । वडा नं १ देखि १२ सम्मको घर दैलो भेटघाट कार्यक्रम पुग्ने क्रममा जनताहरुको बिच छलफलमै धेरै साथ पाएको लामा बताउछन् ।

तपाईको प्रतिक्रिया