
पाँचखाल नगरपालिका उप प्रमुखको उम्मेदवार चेत प्रसाद गौतम मणिराज नेकपा माओवादी केन्द्र तर्फको उम्मेदवार हुन् । नेकपा माओवादी केन्द्र पाँचखाल नगर समिति अध्यक्ष गौतमलाई पार्टीले आसन्न बैशाख ३० गते हुने निर्वाचनमा नगरपालिकामा उप प्रमुखको उम्मेदवार बनाएको हो । उनि लामो समय माओवादी केन्द्र पार्टीमा रहेर बिभिन्न जिम्मेवार निभाउदै आएका थिए । नेकपा माओवादी केन्द्र जिल्ला कार्यालय समिति काभ्रेका पुर्व सचिब गौतम २०५६ सालदेखि माओवादी केन्द्रमा आवद्धता रहेका थिए । उनि लामो समय माओवादी आन्दोलन सामेल हुदै आएका छन् । गौतमको जन्म २०३९÷१०÷१० बुबा बिजुली प्रसाद गौतम, आमा बिस्णु माया गौतमको कोखबाट रामेछाप गुन्सी भदौरे ८ धारापानी प्रारम्भिक शिक्षा श्री जागृत प्राबि धारापानीमा अध्ययन गरिएको थियो । गौतमले निम्न माध्यमिक शिक्षा आजÞाद माबि बलुवा पाँचखालमा र उच्च शिक्षा नवज्योती भक्तपुरमा हासिल गरेका थिए ।
राजनीतिरुपमा गौतम २०५६ साल देखि पूर्णकालीन २०५७ मा माओवादीमा यरीया सदस्य हुदै जनमुक्ति सेनाको सेक्शन कमाण्डर सम्म पुगेका थिए । २०५९ राष्ट्रीय उध्योग व्यापार महासंघ केन्द्रीय सदस्य भएका गौतम २०६४ क्षेत्रीय कमिटी सदस्य र २०७० जिल्ला कमिटी सदस्य हुदै २०७४ सचीवालय सदस्य भएर २०७५ राष्ट्रीय महाधिवेसन सदस्य, २०७५ पाँचखाल नगर कमिटी अध्यक्ष हुदै हाल पाँचखाल नगर कमिटी अध्यक्ष २०७८ आठौ राष्ट्रीय महाधिवेशन प्रतिनिधि समेत हुनु भएको छ ।
उम प्रमुखको उम्मेदवार गौतम २०७४ सालमा सुनकोसी पाँचखाल खानेपानी उपभोक्ता समिति सचिब हुदै हाल पुन दोश्रो कार्यकाल सचिबमा निर्वाचित भएर सामाजिक कामहरुमा समेत सहभागिता देखिन्छ । .
२५ वर्ष देखी निरन्तर राजनितीक सामाजिक क्षेत्रमा क्रियासिल भएर पार्टीको जिम्मेवारमा रहदै गौतम सामाजिक कार्यहरुमा समेत जिम्मेवार लिएर आएकाछन् । पाँचखाल नगरपालिका एकिकृत खानेपानीको सचिबको जिम्मेवार समेत लिएका गौतम पाँचखालको जनतालाई खानेपानी खुवाउने कार्यमा समेत अग्ररुपमा लागिरहेकाछन्् । पाँचखाल खानेपानीमा सचबिको जिम्मेवारमा रहेर कार्य सम्पन्न गर्नको लागि गौतमले निकै पहल लिदै आएकाछन् । मण्डनदेउपुरमा रहेका सामाजिक काम सेवक नेपालमा समेत अवद्धता रहेका गौतम बिभिन्न समयमा सामाजिक कार्यहरु गरिदै आएकाछन् ।

तपाईको प्रतिक्रिया