भुम्लुको फालाटेँमा गठबन्धनको कोणसभा : गठबन्धनको पक्षमा जनताको माहोल

भुम्लु गाउँपालिकामा संयुक्त गठबन्धनले स्थानीय तहको चुनाव लक्षित कोणसभा सञ्चालन गरेको छ । घरदैलो जारी रहेको क्रममा वडा नं ७ स्थित फलाँटेमा शुक्रबार गठबन्धनले कोणसभा गरेको थियो । कोणसभालाई नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद लक्ष्मण लम्सालले विशेष सम्बोधन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै सांसद लम्सालले राजनीतिक मुद्दालाई संस्थागत गर्न गठबन्धन बनेको दाबी गर्दै भुम्लुका जनताले भुम्लु गाउँ पालिका अध्यक्ष पदका उम्मेद्ववार प्रेम भुजेल बृहद र उपाध्यक्ष पदका उम्मेद्ववार जितेन्द्र मान लामा दावा लाई अत्याधिक मत दिएर जिताउन अपिल गरेका थिए । सम्बोनमै लम्सालले जनताको काम गर्नको लागि उनिहरुको जित आवश्यक रहेको बताए ।

भुम्लुमा बिगतमा एमालेको नेतृत्वमा भएको स्थानीय सरकारले जनताको भावना अनुसार काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको सांसद लम्सालले बताए ।दुवै उम्मेद्ववार युवाको समेत प्रतिनिधित्व गर्ने भएकाले गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले जनाताको हित विपरित कुनै पनि काम नगर्ने ठोकुवा गरे ।

तपाईको प्रतिक्रिया