नमोबुद्ध २ कबिराज हाई हाई

 

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ मा बैशाख ३० गते हुने निर्वाचनको लागि नेपाली कांग्रेस पार्टी बाट अध्यक्ष पदमा उम्मेदवारी दिएका कबिराज श्रेष्ठ जनताको घरदैलोमा ब्यस्त देखिन्छ । वडामा अध्यक्ष श्रेष्ठ सहित वडा सदस्यहरु नियामित घरदैलोमै देखिन्छ । वडा अध्यक्षमा कबिराज श्रेष्ठ , महिला वडा सदस्यमा बेली नीलम लामा, दलित महिला सदस्य उषा परियार र वडा सदस्य बिनोद खड्का र लक्षमन गौतम रहेकाछन् । सबै वडाको उम्मेदवारहरु घरदैलोमा रहेकाछन् । बिगतमा जितेकाहरुले वडाको बिकास भन्दा पनि आफ्नो बिकासलाई मात्र जोड् दिएको कारण त्यसता कुराहरु जनताको बिचमा राख्ने र आफुले गर्न सक्ने बिकास निर्माण बारे जनता संग छलफलमा रहेको वडा अध्यक्षका उम्मेदवार श्रेष्ठ बताउछन् । घर दैलो भेटघाटमा जनताको साथ पाएको श्रेष्ठ बताउछन् । वडाको सबै टोल टोलमा पुग्ने क्रममा जनताको धेरै साथ पाएको श्रेष्ठ बताउछन् । अहिले जनताहरु श्रेष्ठको उम्मेदवारी परे संगै हाई हाई गर्न थालेकाछन् । बिगतमा जितेकाहरुले बिभिन्न घोटलाहरुमा सामेल भएकाहरुलाई निर्वाचनमा देखाई दिनुपर्ने एक स्थानियले घरदैलो कार्यक्रममा जानकारी दिए । आफ्नो नाम नबताउने सर्तमा एक स्थानीयले बिगतमा जितेका वडा अध्यक्षले नगरपालिकाको सेटिङमा ईटा भट्टा संचालन रोक्ने काम साथ दिएको बताए । भट्टा केसमा प्रत्यक्ष पुर्व अध्यक्षको संलग्न रहेको बताउछन् । बिगतमा जितेकाहरुले जनताको काम भन्दा पनि अन्य काममा जोड् दिएका कारण कबिराजको हाई हाई भएको उनले बताए ।

तपाईको प्रतिक्रिया