धुलिखेलमा गठबन्धनको चुनावी प्रतिबद्धता सार्वजनिक

धुलिखेल नगरपालिकामा गठबन्धन दलले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले संयुक्त रुपमा तयार गरेको चुनाव प्रतिबद्धता पत्र शुक्रबार  सार्वजनिक गरिएको हो ।
निकै छोटो तर जनताको कुरा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । प्रतिबद्धता पत्र लेखन समितिका संयोजक कांग्रेस काभ्रेका जिल्ला सदस्य राम कृष्ण हुमागाईंले नगरभित्रको धेरै भन्दा धेरै जनताको भावनालाई समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरिएको बताए ।
नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेस छुट्टा छुट्टै तयार गरेको चुनाव प्रतिबद्धता पत्रलाई एकै ठाउँमा समाहित गरेको नेपाली कांग्रेस धुलिखेल नगर समितिका कोषाध्यक्ष उदयभूषण उपाध्यायले बताए ।

प्रतिबद्धता पत्रमा पशुजन्य, फलफूल तरकारीको उत्पादकत्व वृद्धिको लागि स्थानीय युवाहरुको विकास गरिने उल्लेख गरिएको छ । त्यस्तै पशु बीमा गरी उच्च प्रविधिमा आधारित पेशा गर्न प्रोत्साहन गरिने भनिएको छ । कृषकलाई दूध तथा तरकारीमा अनुदानको व्यवस्था गरिने उल्लेख गरिएको छ । स्थानीय संरक्षण उल्लेख गरिएको छ ।
काभ्रे शारदा कुमारका सुन्तला खेतीमा परेको नकरात्मक प्रभाव हटाई नयाँ सुन्तला खेतीको विकास गरिने र किसानहरूको आय वृद्धि गरिने भनिएको छ । धुलिखेल भित्र तरकारी संकलन केन्द्र स्थापना गर्ने कृषि उपज भण्डारण केन्द्र बीउ प्रशोधन केन्द्र निर्माण गरी कृषिको आधुनिकीकरण गरिने बताइएको छ ।
धुलिखेल सवैक्षेत्रलाई प्राकृतिक सौन्दर्यको अध्ययन अवलोकन गर्ने प्रमुख गन्तव्यको रुपमा विकास गरिने । हरेक वडामा पर्यटकिय क्रियाकलाप सञ्चालन गरिने, नगरको पर्यटन गुरुयोजना निर्माण गरिनेछ । धुलिखेलमा पर्यटन बोर्ड स्थापना गरिनेछ पर्यटन व्यवसायमा लगाइएको दोहोरो तथा तेहोरो कारण खारेज गरी नयाँ व्यवसाय र होटल व्यवसायीहरूको सल्लाहमा नयाँ कर नीति लागू गरिनेछ । होटलहरुमा पर्याप्त पानी र नियमित विद्युत आपूर्ति हुने व्यवस्था गरिनेछ साथै आर्थिक विकासको लागि दिगो औद्योगिकरण र नवप्रवर्तन लाई प्रोत्सान गरिने र धुलिखेललाई आत्मनिर्भर सहरको रुपमा विकास गर्दै लगिने संयुक्त गठबन्धनको प्रतिबद्धता पत्रमा भनिएको छ ।
प्रतिबद्धतापत्रमा स्वास्थ्य चौकी, उप-स्वास्थ्य चौकी चौकीलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने भनिएको छ । त्यस्तै मुटुरोगी, मृगौला रोगी, क्यान्सर रोगीको लागि अवस्था हेरेर नगरपालिकाले ५ लाख लाख म्म उपचार खर्च व्यहोर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ । सार्वजनिक स्थानहरुमा योग केन्द्र तथा ध्यान केन्द्र स्थापना गर्न पहल गरिने भनिएको छ ।
गठबन्धन दलहरुले सबैभन्दा महत्वपूर्ण र नयाँ योजनाको रूपमा प्रतिबद्धतामा नगरपालिकाको वडा नम्बर ५, ६, ७ र १२ रहेका पुराना घरहरूको पुरातात्विक रुपमा संरक्षण गर्ने विषयलाई महत्वका साथ उल्लेख गरेका छन । ती घरहरूको पुनर्निर्माण गर्दा वा नयाँ बनाउँदा पुरानो संस्कृति र कला संरक्षण गर्न नगरपालिकाले करछुट, आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भनिएको छ । त्यस्तै जात्र सम्पदा र संस्कृति संरक्षणको लागि गुठी तथा स्थानीय युवा क्लबहरु साझेदारी गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
खेलकुद विकासको लागि क्यालेन्डर बनाइ खेलकुद गतिविधिहरु सञ्चालन गरिनेछ । प्रत्येक वडामा एक खेलकुद मैदान हुनेछन्। महिला युवा अपाङ्गता भएका व्यक्तिहरुको दीर्घ रोगीहरु अल्पसंख्यक अतिविपन्न व्यक्तिहरू तथा परिवारहरु र ज्येष्ठ नागरिकसहित सीमान्तकृत र जोखिममा रहेकाको संरक्षण गर्दै उनीहरूको समावेशी विकासलाई प्रवर्धन गरिनेछ । जातीय लैङ्गिक लगायत सबैखाले विभेद, असमान नीति तथा व्यवहारहरू नियन्त्रण गरिनेछ । धुलिखेललाई मानवअधिकार र न्यायमन्त्री नगरको रुपमा विकास गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
न्यून आय भएका विद्यार्थीहरु अपाङ्ग तपाईंका व्यक्तिहरुलाई उच्चशिक्षा हासिल गर्न नगरपालिकाबाट अनुदानको व्यवस्था गरिने छ, सरकारी विद्यालयहरुलाई विभिन्न क्लष्टरमा वर्गीकृत गरी कम लागतमा आवश्य र गुणस्तरीय शिक्षाको रुपमा स्थापना गरी उच्चशिक्षा हासिल दर वृद्धि गरिने प्रतिबद्धता पत्रमा जनाइएको छ ।
धुलिखेल नगरको सबै वडाहरुमा नियमित स्वच्छ खानेपानीको आपूर्ति हुनेछ । सम्भाव्यता हेेरी हरेक वडामा खानेपानी भण्डारण गर्ने व्यवस्था गरिनेछ । नगरमा भएका पानीका स्रोतहरूलाई संरक्षण गरिनेछ । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई सम्पन्न गरिनेछ । नयाँ बन्ने घरहरुमा आकासेपानी संकलन र व्यवस्थापन प्रणाली कायम राख्नुपर्ने नियम बनाई कार्यान्वयन गरिनेछ ।
एक भूमिगत बसपार्क निर्माण गर्न पहल गरिने छ नगरक्षेत्रभित्र पार्किङको व्यवस्था मिलाइनेछ । मुख्य राजमार्ग तथा नयाँ विकास भएका वस्तुमा ढलनिकासको व्यवस्था गरिनेछ आवश्यक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण तथा संचालन गरिनेछ । धुलिखेलको चक्रपथ निर्माण गरी नागरिकहरूलाई सहज आवतजावत गर्न नगरबस सञ्चालन गरिनेछ। नगरभित्र स्वच्छ र नवीकरणीय ऊर्जामा पहुँचको विस्तार गर्दै लगिने बताइएको छ ।

विपद् न्यूनीकरण तथा व्यवस्थापन योजना बनाई कार्यान्वयन गरिनेछ । विपत व्यवस्थापन कोष व्यवस्थापन गरिनेछ । प्लास्टिक प्रदूषण वायु प्रदुषण र माटो प्रदुषण लगायतका प्रदुषण नियन्त्रण गर्दै नगर भित्रको पर्यावरण संरक्षण गरिनेछ ।
नगरलाई प्लाष्टिक फ्रि बनाउन आवश्यक कार्य गरिनेछ । जलवायु परिवर्तन र त्यसको प्रभाव नियन्त्रण गर्न आवश्यक कार्यहरु गरिनेछ उपयोग योजना बनाई भूमिको योजना पद्धती उपयोग गरिने उल्लेख गरिएको छ । सार्वजनिक जमिनको सुरक्षा गर्नेछ । अधुरो रहेको वडा नम्बर ४ को जग्गा विकास आयोजना सम्पन्न गरिनेछ । ड्रिमल्याण्ड परियोजना क्रमशः कार्यान्वयन गर्नेछ । व्यवस्थित आवास क्षेत्र विकास गर्ने, कृत्रिम ताल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माणमा पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया