बनेपा÷ ठूला राजनितीक दलका झण्डा र भोट माग्ने हूल ठूला छन् । तर साना दलका सानो भिड छ । मत मागिदिने मान्छे कम छन् । तर प्रतिबद्धतापत्र र योजना भने विशाल छन् । जसले सिंगो स्थानीय तहलाई नै प्रभाव पार्न सक्छ ।
त्यस्तै योजना बोकेर चुनावी मैदानमा उत्रिएका छन् । निरोजकाजी श्रेष्ठ । युवा व्यवसायी निरोजकाजी श्रेष्ठले बनेपाको बडा नं ८ बाट उम्मेदबारी दिएका छन् । जनता समाजवादी पाटी जसपाबाट उम्मेदबारी दिएका बनेपाका रैथाने श्रेष्ठका एजेण्डा पनि रैथाने सँस्कृति जोगाउने खालका छन् ।
उनले आफ्नो बडालाई सम्पदा क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । शाखा बाटोमा इट्टा र ढुङ्गा छाप्ने, लायकु दरबार पुर्ण निर्माण गर्ने र बनेपाको मुख्य पुरानो बजारमा रहेका घरहरु सकेसम्म नेवार समुदायमा मात्र घर बेच्ने प्रावधान ल्याउने योजना उनको छ । उनले पुरानो बजार एरियामा पुरानो शैलीमा घर निर्माणमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने बताएका छन् । बडाले हरेक पर्व तथा चाडहरुमा अपनत्व बोकोस भनेर जात्रा पर्वमा नगर स्तरीय आर्थिक योगदान दिने योजना सहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पुजारी तथा बाजा बादक लाई तलब को ब्यवस्थापन गर्ने, रन्जना लिपी लाई प्रोत्साहन गर्ने सास्कृतिक पर्यटनलाई प्रोत्साहन गर्ने र बनेपाको बजारलाई २४ घन्टा बजार खुला को ब्यवस्थापनको कुरा उठाएका छन् । बसाई सराई कम गर्ने, शान्ति सुरक्षा को ब्यवस्थापन। औद्योगिक बिकास मा जोड भ्रस्टाचार मुक्त नगरपालिका बनाउने अभियान बोकेका छन् । उनको अर्काे एजेण्डा भनेको लायकु क्षेत्र उत्खनन कार्य गर्ने छ । भजन खल लाई बार्षिक प्रोत्साहन बजेट दिने र बडाबाट हुने कागजी झन्झट लाई सहज बनाउने उनको प्रतिबद्धता छ । समाजसेवी ब्यक्तित्व लाई सम्मान गर्ने र मठ मन्दिर संरक्षण तथा पुर्न निर्माणमा ध्यान दिदै युवा शिपमुलक तालिम को ब्यवस्थ गरेर महिला हिंसा रहित समाजको निर्माण उनको कल्पना रहेछ ।
महिलालाई घरेलु सीपको शिक्षामा जोड, बाल मैत्री स्थान को ब्यवस्था, जेष्ठ नागरिकको बडाको काम घरदैलो मा पुगेर सम्पन्न गर्ने तथा स्थानीय उत्पादन बस्तु लाई प्रोत्साहन गर्ने उनका महत्वपुर्ण एजेण्डा हुन् । सरकारी बिद्यालय लाई गुणस्तर बढाउने, सहकारीको स्तरौन्नतिको लागि प्रोत्साहन गर्ने, गल्ली हरुमा बत्तीको ब्यवस्थापन गर्ने, फोहोर ब्यवस्थापन का लागि बिशेष योजना ल्याउने, प्लाष्टिक रहित बजारको लागि प्रोत्साहन गर्ने र स्थानिय रैथाने सस्कृती लाई बिशेष जोड दिने उनका थप एजेण्डा हुन् । पाँत बर्षमा बेरोजगार रहित बडा तयार गर्ने डबली, पाटी र पोखरी पुन निर्माणमा योजना बनाउने उनका योजना छन् ।
साँच्चै बनेपा बनाउने योजना बोकेर आएका रहेछन् निरोजकाजी
2022-05-04T11:39:02+05:45

तपाईको प्रतिक्रिया