महादेवस्थान÷ स्थानीय तह निर्वाचन २०७९ मा सालिन नेता विदुर सापकोटाको चर्चा जिल्लाभरी छ । सिंगो जिवन नै जनता र नेकपा एमालेलाई सुम्पेका सापकोटालाई एमालेले मण्डनदेउपुर नगरमा मेयर पदको उम्मेदबार बनाएको छ । मण्डनदेउपुरमा सत्ता र शक्तिका बिरुद्धमा सालिनता र इमान्दारिताका पर्यायका रुपमा रहेका विदुर सापकोटलाई अघि सारिएको छ ।
सदैव लाभको पदमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष टोकबहादुर वाइवासँगको चुनावी प्रतिस्पर्धा सामान्य छैन विदुरका लागि । सयौं गुणका धनी सापकोटासँग दुई वटा अवगुण छन् । ती हुन् भष्ट्राचार गर्दैनन अनि पुरा गर्न नसक्ने कुरा बोल्दैनन् । अनि बोलेका कुरा जहिले पनि पुरा गर्छन् । आफूले पाएमा मात्रै चुनावमा खट्दैनन अरुलाई सदैव जिताउने प्रण बोक्छन् । उनले दर्जनौलाई बोकेर विजयी बनाएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा उनै टोकबहादुरलाई जिताउने चुनावी कमाण्डर बनेका थिए विदुर । उनले पूर्वाधार विकास, कृषि र पर्यटनलाई महत्वका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रत्येक वडाको मुख्य सडक कालोपत्र सहित नगरको केन्द्रमा जोड्ने, हरेक टोलका सडकलाई स्तरोन्नती गर्ने, खेतीयोग्य जमिनलाई कृषि सडक सञ्जालले जोड्ने र नगर चक्रपथ निर्माण विषयलाई महत्व दिइएको छ । एमालेले कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण गरी अनुदान र सहुलियत सहित मल, बिउ र कृषि औजारहरुमा अनुदान तथा सहुलियत प्रदान गरी नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्ने प्रतबद्धता व्यक्त गरेको छ भने किसानलाई व्यवसायिक कृषि तथा पशु पालन सम्बन्धि सिपमुलक तालिम तथा सहुलियत ऋण उपलब्ध गराउने योजना अघि सारेका छन् ।
कृषि उत्पादनको न्युनतम सर्मन मूल्य, कृषि उत्पादनको भण्डारण केन्द्र निर्माण गर्ने, रासायनिक मलको अभावलाई समाधान गर्ने, कृषि उत्पादनको प्रसोधन तथा पशुका लागि दाना उत्पादनकेन्द्र निर्माण गर्ने, उन्नत जातका बिउ, नश्ल सुधार गरिएका पशु पालनतर्फ किसानलाई अग्रसर गराई मुनाफायुव्य कृषि व्यवसायमा किसानलाई सहभागि गराउने र एक वडा एक नर्सरीको व्यवस्थापन गर्ने योजना उनको छ ।
पर्यटन क्षेत्रलाई पनि विकास र विस्तार गर्ने नीति लिएको छ । पर्यटन पूर्वाधारहरू निर्माण गर्ने, रक क्लाइम, जिपलाइन, पार्क जस्ता पूर्वाधार निर्माण, होम स्टे स्थापना गर्न सीप, प्रविधि र बजारीकरणमा लगानी अभिवृद्धि गर्ने, नगरकोट र सुलिकोट थामडाडाँ केन्द्रित लामो छोटा पर्यटक पदमार्ग निर्माण गर्ने र गुरुङ, तामाङ, मगर, दनुवार र माझी जातिको सांस्कृतिक इतिहासको संरक्षणको लागि आदिवासी सङ्ग्रहालय स्थापना गर्ने प्रतिबद्धता सापकोटा छ ।
यसैगरी एमालेले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, महिला बालबालिका र जेष्ठ नागरिकका लागि सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने, घरदैलो सहज पहँुँच सहितको निशुल्क र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रत्येक वार्डका स्वास्थ्य संस्थाहरूको सवलीकरण गरि सुरिक्षित मातृत्व सेवा संचालनका लागि जनशक्ति र पूर्वाधार सुनिश्चित गर्ने योजना उनको छ ।
उनले निःशुल्क औषधिको सहज उपलब्धता, यसका लागि सरकारले वितरण गर्ने निशुल्क औषधिको सूची घरघरमा बाँड्ने, घरघरमा फस्टएड बाकसको निशुल्क अनिवार्य व्यवस्था गर्ने, प्रविधि मार्फत २ वर्ष मुनिका बालबालिका तथा गर्भवती महिलाको निरन्तर स्वास्थ्य अवस्था अनुगमनको प्रवन्ध गरिने बताएका छन् ।
महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि विशेष संरचना निर्माणका साथै स्वास्थ्य हेरचाह कार्यक्रम लागु गरी स्वास्थ्य कर्मीको मोवाइल टोलि परिचालन गर्ने, अस्पताल तथा स्वास्थ्य केन्द्रमा महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि निर्धारित सेवा डेस्कको व्यवस्था गर्ने, नगर अस्पतालमा विशेषज्ञ सेवा सुनिश्चित गर्न पूर्वाधार विकास गर्ने उद्देश्य एमालेले लिएको छ ।
खानेपानी तथा सरसफाइ, न्याय, सुरक्षा र सामाजिक विकास, युवा खेलकुद र रोजगार, शहरी संरचना र औद्योगिक बिकास, सामुदायिक वन , वातावरण र सहकारी, प्रकोप जोखिम न्यूनीकरण ः पर्याप्त आवास, भूकम्पपछिको पुनर्निर्माण, लैङ्गिक समानता ः अवसरमा समावेशिता, संचार तथा सुचना प्रविधि, सुशासन तथा संस्थागत विकास लगायतका विषयहरूलाई पूरा गर्न एमालेले प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया