काठमाडौंमा बसोबास पाँचखालमा स्थानीय सरकार

पाँचखाल÷पाँचखालका निर्वतमान मेयर महेश खरेल काठमाडकौको वैकल्पिक सहरको रुपमा पाँचखाल बनाउने भाषण गर्दै हिड्छन् । यसमा सत्यता पनि छ । किनभने उनले आफ्नो पाँच बर्षे कार्यकाल काठमाडांै– काभ्रे गरेर बिताए । उनको सिको उपमेयर लक्ष्मी दनुबार र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुँमागाईले समेत गरे । नियमित कहिल्यै पाँचखाल बसेनन् ।
सेवाग्राही आएर नगरपालिकाको गेटमा सोध्ने गरेका हुन्छन् मेयर साव आज आउनु हुन्छ की हुँदैन । त्यसको उत्तर प्राय कोही सँग हुदैन । मेयर उपमेयरसँग काठमाडांै, बनेपा र भक्तपुरबाट काम गर्न आउने कर्मचारी लिफ्ट माग्न थाले । जुन दिन मेयर उममेयर र प्रमुख प्रशासकीय अधिकृत ढिला हुन्थ्यो कर्मचारी पनि ढिला हुन थाले । स्मार्ट र आफूलाई अब्बल भनेर हल्ला गरिएको पाँचखाल नगरपालिकाका सेवाग्राही भने कुरेर बस्न बाध्य बने । यसको खोजि मेयर र उपमेयरले कहिल्यै गरेनन् ।
पुनः मेयर पदमा उम्मेदबारी दिएका खरेलको घोषणापत्रमा उनले आफू पाँचखालमा नियमित बस्ने कुरा उल्लेख गरेका छैनन् । पुर्खाैली घर पाँचखाल नै भएपनि आफूलाई बस्न मिल्ने घर नै खरेलसँग नभएको आरोप पाँचखालबासी कै छ । होटलमा वा नगरले बनाएको क्वाटरमा बस्ने गरेका खरेल पुर्खाैली खरेलथोक नबसकेको बर्षाै भैसक्यो । उनी आफू सदैव वानेश्वरबाट पाँचखाल अपन डाउन गरिरहे । यसले राज्यको लाखौ रुपिया इन्धनमा मात्र खर्च भयो । घरको आँगनकै सरकार खोज्न पनि पाँचखालबासीले गेटमा कुरेर बस्न बाँध्य भए ।

तपाईको प्रतिक्रिया