बनेपा÷स्थानीय तहको निर्वाचनका लागि उम्मेदबारी दर्ता गराउन अनिवार्य राजिनामा दिनु पर्र्र्ने भएपछि काभ्रेमा धेरै स्थानीय तहका उम्मेदबारले राजिनामा दिए । मेयरले राजिनामा दिएपछि डिपुटी मेयर सिधै मेयरको जिम्मेबारी पाउनुभयो । तर कुनै पनि स्थानीय तहका वेभ साइडले भने त्यसलाई परिर्वतन गरेनन् ।
काभ्रेमा सूचना प्रविधीमा निक्कै फड्को मारेको भनेर प्रचार गरिएको पाँचखाल नगरपालिकाको वेभमा अझैपनि मेयरमा महेश खरेलकै फोटो र नाम छ । धुलिखेल नगरपालिकामा मेयर भनेर अशोक व्याञ्जूको फोटो राखिएको छ । मण्डनदेउपुरमा टोकबहादुर वाइवाकै फोटो र सम्पर्क नंम्बर छ । त्यस्तै पनौती नगरपालिकामा मेयर र उपमेयरमा भिम न्यौपाने र गिता बञ्जाराको नाम छ । महाभारत गाउँपालिकामा कान्छालाल जिम्बाको नाम छ भने बनेपामा लक्ष्मी नरसिंह वादेको । कानुनी रुपमा नै उनीहरुले राजिनामा दिएर निर्वाचनमा होमिएका छन् । तर स्थानीय तहले नै उनीहरुलाई मेयर र गाउँपालिका अध्यक्षको कानुनी मान्यता दिएको छ ।
राजिनामा दिएको हप्तासम्म अझै मेयरकै मान्यता, फेरिएनन् स्थानीय तहका वेभ साइड
2022-05-04T06:05:51+05:45

तपाईको प्रतिक्रिया