कंञ्चन अधिकारी जो पाँचखालको मुहार फेर्न चाहन्छन्

तामाघाट÷नेकपा एमाले पाँचखाल नगरले स्थानीय तह निर्वाचनमा केन्द्रीत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
पाँचखालमा काभ्रेको एउटा महत्वपूर्ण केन्द्र हो । पाँचखाललाई देशकै नमूना वनाउने संकल्पका साथ एमाले पाँचखालको तर्फबाट कंञ्चन अधिकारी नगरप्रमुुख पदका उम्मेदवार हुनुहुन्छ । इमान्दार र स्वच्छ छविका अधिकारीलाई एमालेभित्र मात्र होइनसिंगो काभ्रेले नै भावी मेयरका रुपमा हेरेका छन् । उहाँले पाँचखालमा अहिले भैरहेका मदन भण्डारी विश्वविद्यालय, पाँचखाल विशेष आर्थिक क्षेत्र र पाँचखाल खानेपानी निर्माणको अगुवाई गर्नु भएको छ ।
नेकपा एमालेको पहलमा पाँचखालमा उल्लेखनीय विकास निर्माणका कार्यहरु अगाडि बढेका छन् । मदन भण्डारी बहूप्राविधिक विद्यालयको स्थापना, सुनकोशी ईन्द्रावती खानेपानीको शुरुवात, विशेष आर्थिक क्षेत्रको कार्यन्वयन, ताथली रविओपि सुरुङमार्गको सम्भाव्यता अध्ययन, इन्द्रावती पाँचखाल लिप्टीङ सिंचाई सम्भाव्यता अध्ययन, पाँचखाल रविओपी सडक, तिनपिप्ले तिमालबेंसी सडक, तामाघाट बोहोरेदोभान सडक, पलाञ्चोक कोशीदेखा सडकहरुको स्तरोन्नति, खावा हनुमानगढी सडक र डाँफे झिकु पुल सडकको स्तरउन्नति,भमरकोट, जुके, सिखरपुर लिफ्टीङ खानेपानी योजना, विद्यालयहरुमा क्ष्ऋत् अन्तर्गत शैक्षिक सामग्री सहयोग लगायतका कार्यहरु सम्पादन भएका छन् । अर्को तर्फ पाँचखाल नगरपालिकामा नेपाली काँग्रेसको नेतृत्वमा भएको स्थानीय सरकारको कार्यसम्पादन खासै उपलब्धिमूलक हुन सकेन । विशेष गरी हचुवाका भरमा बजेट विनियोजन, टुक्रे योजनामा प्राथमिकता, नगरपरिषदको निर्णयको अवहेलना, अनुत्पादक क्षेत्रमा लगानी प्राथमिकता जस्ता कार्यहरुले नगरपालिकाको विकास सूचकहरुको वृद्धि गर्न सकेको छैन । अतः पाँचखाल नगरपालिकालाई एक सुखि, संवृद्ध र विकासका दृष्टिले नमूनायोग्य नगरपालिका बनाउनका लागि आगामी २०७९ साल बैसाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउनु हुन सम्पूर्ण नगरवासी, मतदाताहरुलाई नेकपा एमाले पाँचखाल हार्दिक आग्रह गर्दछ । नेकपा एमाले पाँचखालले आगामी ५ बर्षमा सम्पादन गर्ने कार्यहरुको योजना र प्रतिवद्धता तपशिल बमोजिम रहेका छनस्

आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने उहाँको प्रतिवद्धता छ । मेयरसाव हैन जनताको सेवक बनेर जनताकै सल्लाह अनुसार पाँचखाल विकास र समृद्धिको यात्रा अघि वढाउने अधिकारीको भनाई छ । उहाँ भन्नुहुन्छ “हामी पाँचखाललाई सुशासनको नमूना वनाउछौ ।”

तपाईको प्रतिक्रिया