रोशीका जनताले भने – रोशीको विकास गर्न गठबन्धनको जित अवश्यकता

रोशी-  बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनको लागि रोशी गाउँपालिकाका गठबन्धनका उम्मेदवारहरू घर दैलोमा पुग्न थालेकाछन  । सो क्रममा रोशी गाउँपालिका भित्रका मतदाताहरूले रोशीको विकासका लागि गठबन्धनका उम्मेदवारहरू आवश्यक रहेको बताएका छन् । रोशी गाउँपालिकाको सवै क्षेत्रको विकासको लागि बौद्धिक, राजनीतिक, इमान्दार र भिजन भएका नेपाली कांग्रेसका नेता दिनेश लामा अध्यक्षमा र त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता मिम बहादुर वाईवा उपाध्यक्षमा आवश्यक रहेको रोशी गाउँपालिका मतदातहरूले बताएका छन् ।
मंगलवार रोशी गाउँपालिका वडा नं. ३ र ४ को मतदाताको घर दैलोमा जाने क्रममा मतदाताहरू गठबन्धनको पक्षमा रहेको बुझिएको छ । केही दिन अगाडी वडा नं. १ बाट शुरु गरेका गठबन्धनका उम्मेदवारहरू आजसम्म वडा नं. ३ र ४ समापन गर्ने तालिका रहेको छ । त्यसरी नै भोली बुधबार वडा नं. ५ र ६ मा जाने समय तालिका रहेको छ ।     २०७४ को  निर्वाचनलाई फर्केर हेर्दा
रोशी गाउँपालिकामा गत बर्ष २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित निर्वाचित भएका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसमा अध्यक्षका उम्मेदवार दलबहादुर लामा (डिवी)ले ४ हजार ३ सय ७२ मत ल्याएर विजयी भएका थिए । नेकपा एमालेका उम्मेदवार बज्रध्वज लामाले २ हजार ९ सय ५७ मत प्राप्त गरी उप विजेता भएका थिए । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मिम बहादुर वाईवाले २ हजार २ सय १९ मत प्राप्त गरेका थिए ।
यसरी हेर्दा गठबन्धनको मत ६ हजार ५ सय ९१ रहेको थियो । गत निर्वाचनको मत तुलना गर्दा प्रतिस्पर्धी दल नेकपा एमालेको भन्दा गठबन्धनको मत दुई गुणा भन्दा बढी छ । अझ नेकपा एमालेको मत २ हजार ९ सय ५७ मतमा पनि नेकपा (एकिकृत समाजवादी) पार्टीले घटाउने छ ।

तपाईको प्रतिक्रिया