
रोशी – नेकपा माओवादी केन्द्र रोशी गाउँपालिका वडा नं. ५ सिसाखानीको वडा अध्यक्षमा लनाम लामाले पार्टी हित बिपरित भएको भन्दै पार्टीको अधिकारिक उम्मेदवार लाई समर्थ जनाएको छ । पार्टीले गरेको निर्णयप्रति असहमति जनाउँदै यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि मैले वडा नं. ५ को पार्टीको आधिकारिक उम्मेदवारको विरुद्ध स्वतन्त्र तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवारी दर्ता गरेको थिए त्यस वेला मेरो आवेग र उत्तेजनाले गर्दा त्यसरी दर्ता गरेको उक्त उम्मेदवारीले नेकपा माओवादी केन्द्र पार्टीप्रति पर्न जाने असर र केही अवसरवादी र प्रतिक्रियावादीहरुले चलखेल गर्ने स्थिति पैदा हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै पार्टीको आधिकारिक वडा अध्यक्ष पदको उम्मेदवार लाल सिं तामाङलाई समर्थन जनाएको लामाले बताए ।
साथै वडा नं. ५ को सम्पूर्ण पार्टीपंक्ति र जनसमुदायलाई गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदान गरी लाल सिं तामाङलाई अत्यधिक मतले विजयी गराईदिनु हुन समेत लामाले विज्ञप्तीमार्फत अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया