बनेपा– नमोबुद्ध नगरपालिकाको बिकास गर्नको लागि आफ्नो जित अनिर्वाय रहेको नेपाली कांग्रेस बाट मेयरमा उम्मेदवारी रहेका कुन्साङ लामाले बताए । समग्र विकासका लागि गठबन्धन तर्फको उम्मेदवारहरुलाई जिताउन नमोबुद्ध नगरका मेयरका उप मेयरले संयुक्तरुपमा घरदैलो कार्यक्रममा अनुरोध गरेका छन् ।
नगरपालिकामा ५ बर्षको समयमा कुनै पनि विकास हुन नसकेको गठबन्धनको आरोप रहेकाछन् । ०७४ को निर्वाचनमा एमाले पार्टी बाट टंक प्रसाद तिमल्सिनाले जितेका थिए । उनकै कार्यकालमा नगरपालिका भित्र संचालनमा रहेका इट्टा भट्टा केसमा बिवादित हुन पुगेका थिए । मेयर तिमल्सिनाले आफ्नो ५ बर्षे कार्यालनमा भकुण्डेबजार क्षेत्रमा इट्टा भट्टा चल्ने छैन भनेर जनताको आँखामा छारो हाल्ने काम गरेर एकलौटी भट्टाको चिम्नी भत्काउने काम समेत गरिएको थियो । अहिले सो क्षेत्रमा ४ भट्टा संचालनमा रहेको छ । बातावरण मैत्री नगरको नारा लिएका मेयर तिमल्सिनाले आफ्नो कार्याकाल सकिन भन्दा एक बर्ष अघिनै इट्टा उद्योगहरु संचालनको लागि अनुमति दिएको गठबन्धनको आरोप छ ।
नगरलाई बातावरण मैत्री र कृषि पशुपालन क्षेत्रका काम गरी नमोबुद्धको पर्यटन क्षेत्रमा जोड्दिनको लागि हाम्रो उम्मेदवारी रहेको मेयरको उम्मेदवार कुन्साङ लामाले बताए । पुरानो ऐतिहासिक दाप्च क्षेत्रको बिकास राष्ट्रिय राजमार्ग बिपि राजमार्ग छेउछाउको जनताको उत्पादनमा जोड् र ब्यवसाहिक बिकासको लागि हाम्रो गठबन्धन रहेको लामाले बताए ।
त्यसैले धेरै काम भनेर भन्दा पनि गरेर देखाउनको लागि मेरो टिमलाई भोट हालेर जिताउनु नगरको विकास हामी गर्ने छौं लामाले भने । नमोबुद्ध नगरपालिकामा यो ५ वर्षमा एमालेको सरकारले केही गर्न सकेनन् । विकासका नाम आएका योजना कार्यकर्ताहरुलाई बाड्ने र कमीसन खाने बाहेक केही काम नभएको दोहो¥याए ।
जनतालाई झुकाएर खान पल्केका एमालेले यस पटक पनि तपाईहरुको आखाँमा छारो हाल्न सक्छन त्यसैले अब भ्रममा नपर्न लामाले आग्रह गरे । यस नमोबुद्ध नगरमा भष्ट्रचार मुक्त, कमीसन बन्द गर्न र नगरको विकासको लागि आफूले मेयर पदमा उम्मेदवारी दिएको बताए ।
नमोबुद्धमा गठबन्धनको घरदैलो अभियान तिब्र
बैशाख ३० गते हुने निर्वाचनको लागि नमोबुद्ध नगरको गठबन्धनको टिम घरदैलो अभियानमा रहेको छ । निर्वाचन नजिकिदै गरेको समयमा घरदैलो तिब्र बनाउदै घर घर पुग्ने क्रममा मेयरको उम्मेदवार कुन्साङ लमा उप मेयरको उम्मेदवार रत्न लामा लगायतको टिम वडा नं १,२,५ र ११ न वडामा घरदैलो कार्यक्रम जारी रहेको कांग्रेस नगर सचिब महेन्द्र थिङले जानकारी दिए ।
घर दैलो कार्याक्रम मार्फत जनताको मन जित्नको लागि गठबन्धन गरि दलहरु घर घर पुगिरहेकाछन् । सबै नगरबासीको मन मुटुमा बस्न सफल समाजसेवी नेता लामा यति बेला नगरको गाउँ गाउँ टोल टोलमा गई मतदाताको समस्या र आशीर्वाद लिदै यही बैशाख ३० गते हुन गईरहेको निर्वाचनमा आफ्नो अमूल्य मत हाल्न आग्रह गर्नु भएको छ । नमोबुद्ध नगरपालिकालाई भष्ट्रचार मुक्त नगर बनाउ, नगरलाई स्वाच्छ हराभरा नगर बनाउन, नगरलाई पर्यटक क्षेत्र बनाउन,नगर भित्र रहेका सास्कृतिक सम्पदाको संरक्षण र नगरपालिका भित्र ११ वटै वडाको विकासका लागि आफै सधैव लागि पर्ने मतदातालाई यस पटक रुख चिन्हमा भोट हाल्न आग्रह गरेका छन् । नमोबुद्ध नगरपालिका भित्र बृद्धबृद्धा देखि युवा सम्म परिचित मेयर पदका उम्मेदवार कुसाङ लामा करीब चार दश देखि राजनितिमा लागे समाज सेवा गदै आएका छन् । उनलाई घरदैलो कार्यक्रममा जनताको साथ र मतदाताको आशीवार्द रहेको छ । उनले यस पटकको निर्वाचनमा आफू लगायत सबैलाई यस पटक निर्वाचित गराउन आग्रह गनु भएको छ ।

तपाईको प्रतिक्रिया