
रोशी – जिल्लाको रोशी गाउँ पालिका तीन महिला उम्मेदवार वडा अध्यक्षको लागि चुनावी मैदानमा रहेकाछन् । रोशी गाउँपालिका १२ वडा रहेकाछन् । पालिका भित्र १२ वडा भित्र तीन जना मात्र महिला उम्मेदवार वडा अध्यक्षको लागि चुनावी मैदानमा छ । वडा नं ९ मंगलटार बाट नेपाली कांग्रेस पार्टी बाट मुकु माया तामाङ लाई वडा अध्यक्षको रुपमा पार्टीले अघि सारेकाछन् । वडा नं ९ मा वडा अध्यक्षका लागि ५ जना उम्मेदवारहरु मैदानमा रहेकाछन् । अन्य ४ जना पुरुष उम्मेदवार रहेकाछन् । त्यसै गरी वडा नं ११ मा नेकपा एमाले बाट चन्द्र माया तामाङ लाई वडा अध्यक्षको रुपमा अघि सारेकाछन् । वडा नं ११ मा वडा अध्यक्षको लागि ४ जना चुनावी मैदानमा उत्रिएकाछन् । वडा नं १२ मा बुद्धि माया तामाङ वडा अध्यक्षको लागि उम्मेदवारी रहेकाछन् । नेकपा परिवर्तन पार्टीबाट वडा अध्यक्षको रुपमा तामाङ उम्मेदवारी दिएकाछन् । वडा नं १२ मा उनि सहित ४ जना वडा अध्यक्षको लागि चुनावी मैदानमा उत्रिएकाछन् । रोशी गाउँ पालिका निर्वाचन कार्यालयले निकालिएका अन्तिम निर्वाचन उम्मेदवार सूचीमा तीन जना महिला उम्मेदवार वडा अध्यक्ष पदको लागि निर्वाचनमा उत्रिएको जनाएको छ ।
रोशीमा तीन महिला उम्मेदवार वडा अध्यक्षको मैदानमा
2022-05-01T07:26:52+05:45

तपाईको प्रतिक्रिया