
नेपाली कांग्रेसबाट जिल्लाको नमोबुद्ध नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका कुन्साङ लामा टिकट पाए संगै जनताको घर घरमा पुग्न थालिएकाछन् । २०७४ को स्थानीय निर्वाचनमा नमोबुद्ध नरगपालिकामा थोरै मतले पराजित भएका लामा यो पटक निर्वाचित हुनु पर्ने जनताहरुनै बताउछन् । बिगतमा नगरपालिका नेतृत्व गर्ने हरुबाट केहि पनि उपल्धिमुलक काम नभएको भन्दै खुल्लारुपमा कुन्साङको नेतृत्वमा नगर चल्न सक्ने आम जनताहरु नै भन्न थालिएकाछन् । अहिले लामा चुनावी मैदानमा रहेकाछन् । घर दैलो कार्यक्रम सुरु गरि चुनावि अभियानमा रहेका लामा यो पटक जनताले चुनेर नमोबुद्धको बिकासको लागि सबै एक जुट हुनुपर्ने बताउछन् । लामाले काभ्रेहेडलाई संगको कुराकानीमा नमोबुद्धबासीको समृद्धीको लागि मेरो उम्मेदवारी रहेको बताए । मेरो उम्मेदवारी संगै जनताको बिचमा पुग्ने काम भईरहेको लामाले सुनाए ।

तपाईको प्रतिक्रिया