भीम न्यौपाने, इमान्दारिताका पर्याय, पाँच बर्षमा सयौंं उदाहरणीय काम, आम नागरिक भन्छन् भनेको जति काम गर्न सकेनन् होला तर भिम न्यौपानेले नराम्रो काम कहिल्यै गरेनन् । जनताको सेवक भनेर सेवा गरिरहे । पनौती – पनौती नगरपालिका पूर्व मेयर भिम न्यौपाने जस्ले पनौतीको जनताको सधै साथ पाए । उनले पाँच बर्षे नगरपालिकाको कार्यकाल सहजरुपमा बिताए । काभ्रेको पनौती नगरपालिका १ देखि १२ वडामा विभेद कहिल्यै गरेनन् । काठमाडौँबाट २७ किलोमिटरको दुरीमा काभ्रेको दक्षिण भेगमा अवस्थीत नगरपालिका बिषेश गरि छुटै पहिचान रहेको नगरपालिका हो ।
जुन नगर कृषि, पशुपालन र सस्कृतिक सम्पदा अथक रहेको नगरको रुपमा जिल्लामा छुटै पहिचान रहेकाछन् । न्यौपानेको ५ बर्षे कार्यकालमा धेरै कुराहरुमा परिर्वतन भएको नगरबासीहरु सुनाउछन् । कृषि, पशुपालन र पर्यटन क्षेत्रमा बिकास संगै पुरानो जात्रै जात्रहुने शहर पनौतीको विकासको लागि न्यौपानेको ठुलो योगदान रहेको देखिन्छ । कुनै पनि नगर विकासको लागि मिसन र भिजन चाहिन्छ भन्ने एक उदाहरण हो न्यौपाने ।
मेयर न्यौपानेको कार्यकालमा नगरको धेरै जसो वर्षौ देखि अलपत्र परेका आयोजनाहरुले गति लिएको देन्छि । पुन ः निमार्णले आफ्नो गन्तव्य पुरा गर्यो, शिक्षा स्वास्थ्य, कृषि, पर्यापर्यटनको क्षेत्रमा उल्लेख्य परिर्वतन भए, प्राकृतिक सम्पदा, मठमन्दिर, पाटी पौवा, गुम्बा, एतिहासिक पोखरी, पुराना धारा, चोक लगायत हाम्रा सांस्कृतिक सम्पदाले संरक्षण गर्न महत्वपुर्ण भुमिका देखे । नगरको जनताको आर्थिक सामाजिक रुपान्तरणका लागि शैक्षिक क्षेत्रमा एउटा क्रान्ती न्यौपानेको कार्यकालमा भएको देखिन्छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्नभएको छ । पनौतीका अधिकांश विधालयहरुको सुविधा सम्पन्न भौतिकपूर्वाधार सहित पुर्नः निमार्ण कार्य सकिएको छ । अधिकांश विद्यालयहरुमा प्रविधि सहितको आइटि ल्याव स्थापनामा जोड् दिएको छ ।
निर्वाचनमा केही नपाएर भिम न्यौपानेको पालामा केही भएन भनेर गलत प्रचार गर्ने प्रयास भइरहेका छन् । तर न्यौपानेले आफ्नो हिसाबले काम गरिरहेका छन् ।
मेयर न्यौपानेको पाँच बर्षे कार्यकालमा भएका महत्वपुर्ण कार्यहरु ः
बालमैत्री नगर घोषणा ।
मानव अधिकार तथा न्याय मैत्री नगर घोषणा ।
पूर्ण साक्षर नगर घोषणा ।
पूर्ण खोप सुनिश्चित नगर घोषण ।
खुल्ला दिशा मुक्त क्षेत्र घोषणा ।
कृषि पकेट क्षेत्र घोषणा ।
ऐतिहासिक नगर पनौती क्षेत्रलाई बिश्व सम्पदामा सूचिकृतको लागि पहल
चरा संरक्षण क्षेत्र घोषणा ।
स्वास्थ्य बीमा कार्यक्रम संचालन ।
गम्भीर प्रकृतिको रोग लागेका नगरवासीलाई आर्थिक सहयोग ।
कोरोनाबाट मृत्यु भएका नागरिकलाई काज किरिया खर्चको व्यवस्था ।
नगर अस्पतालको अन्तिम चरणको निर्माण, जग्गा व्यवस्थापन ।
रंगाशालाको जग्गा व्यवस्थापन ।
पनौती बनेपा, पनौती कुशादेवि सडकमा पहलकदमी लिई विस्तार सहित कालोपत्रे ।
खोपासी सडक विस्तार ।
सुन्थान नमोबुद्ध सडक विस्तार सहित कालोपत्रे गर्न पूर्वाधार तयारी ।
बाल संरक्षण केन्द्र भवनको निर्माण अन्तिम चरण ।
२ वटा सहिद पार्कको निर्माण अन्त्य तर्फ ।
प्याराग्लाईडिंग तालिम र सफल उडान ।
आवधिक योजना तर्जुमा ।
नगर सडक यातायात गुरुयोजना निर्माण ।
विभिन्न प्रकाशनहरु बैद्धिक सम्पती प्रचार र सामाग्रीहरुको सिर्जना ।
थप प्रहरी चौकीको स्थापना ।
२ वटा वडा कार्यालयको जग्गा ब्यवस्था ।
२ वटा वडा कार्यालय भवन निर्माण ।
फुलचोकी पद मार्ग लगायत साइकल ट्रयाक निर्माण ।
रक क्लाईमिङको पूर्वाधार तयारी ।
स्थानीय पाठ्यक्रम निर्माण ।
थुप्रै ऐन कानूनहरुको तर्जुमा ।
वडामा पूर्वाधार सहित अधिकार प्रत्यायोजन ।
पर्यटन पार्कको पूर्वाधार तयारी ।
बिभिन्न वडामा कालोपत्रे सडक निर्माणको प्रारम्भ ।
पशुपंक्षीका क्षेत्रमा उल्लेख्य उपलब्धि आकर्षक र चासो ( भैसी प्रवद्र्धन, पशु वीमा, पाडा पाडी, जन्म दर्ता, भैँसी सत्केरी भत्ता )
अपेक्षाकृत रुपमा १२ वर्षे मकर मेला सम्पन्न ।
३ वटा वर्थिङ्ग सेण्टर संचालन, थप जनशक्ति ब्यवस्था ।
३ वटा ल्याब संचालन, थप जनशक्ति ब्यवस्था ।
मानसिक स्वास्थ्य सम्बन्धि २ वटा क्लिनिक संचालन ।
एसोएसबालग्राम पनौती–५ मा प्राविधिक शिक्षा (कृषि) विषय अध्यायनका लागी भवन निर्माण ।
भूकम्प पिडित लाभग्राहीहरुलाई राष्ट्रिय पूर्न निर्माण प्राधिकरणको सहयोगमा किस्ता निकासा ।
यूनिसेफ मार्फत दलित वालवालिका लगायत अपांगता भएका नागरिकलाई प्रति परिवार १० हजार आर्थिक सहयोग ।
भुटानबाट तोदेजातको अलैँचिको बिउ ल्याई बिरुवा बितरण ।
भालेश्वर मा.वि. नमूना भवन निर्माण ।
बिशेष सामाजिक सुरक्षा भत्ता वितरण ।
आयूर्वेद सेवा केन्द्र (आरोग्य )संचानल ।
शान्ति निकेतन मा.नि. (कयक को सहयोगमा ) नयाँ भवन निर्माण ।
इन्द्रेश्वर क्याम्पस, तेजगंगा क्याम्पस र कुशादेवि क्याम्पस भवन निर्माण ।
स्वास्थ्य भवन निर्माण – ४
खोपासी नगर अस्पताल भवन निर्माण (पूनः निर्माण, भारतीय सहयोग )
दलिञ्चोक÷अन्तेटार शहरी स्वास्थ्य केन्द्र भवन निर्माण ६ र २ मा
खोप केन्द्र भवन निर्माण – २
मोतीयाविन्दुको शल्यक्रीयामा रेयुकाई मासुनागा अस्पतालको सहकार्यमा आर्थिक सहयोग ।
मठ, मन्दिर, विद्यालयको कृयाकलापको स्थायीत्वका लागी अक्षयकोषको ब्यवस्था ।
पुराना नियमित हुन नसकेका घर नक्सा पास नियमित, सडक मापदन्ड अद्यावधिक ।
पुरातत्व बिभाग संगको सहकार्यवाट कुशादेवि र कार्य विनायक मन्दिरको पूर्न निर्माण ।
जात्रा पर्व पुजाको स्थायी संचालन ब्यवस्थापनका लागी संरचनागत ब्यवस्था, समिती गठन र बजेट ब्यवस्था ।
जेष्ठ नागरिक चौतारी निर्माण ।
खोपासी–बल्थली–कामीडाँडा सडक निर्माण ।
ढडिन पक्की पुल निर्माण प्रारम्भ ।
बुढापोखरी सडक पीन प्रारम्भ ।
पंचेको बगैँचा पक्की पुल (५) निर्माण प्रारम्भ

तपाईको प्रतिक्रिया