त्यागी र आत्मविश्वासी नेता विदुरको पक्षमा मण्डनदेउपुरमा बढ्यो जनलहर

बनेपा÷मण्डनदेउपुरका हिरा हुन विदुर सापकोटा । कहिल्यै पनि पदको लोभ गरेनन् । २०५४ सालमा तत्कालिन जैसिथोक मण्डन गाविसको अध्यक्ष बनेपछि उनले पार्टी कमिटीमै रहेर सेवा गरे । पटक पटक सासदको पद अस्विकार गरे । अघिल्लो पटक मुखमा आएको मेयर पदमा अर्कालाई दिएर आफू चुनावी कमाण्डर बने । विजयी गराए । उनी त्याग र निष्ठाका प्रतिमुर्ती हुन् ।
सादा जीवन उच्च विचार राख्ने सापकोटा मास्कवादी चिन्तक हुन् । यो पटक एमालेले तिनै त्यागी नेता सापकोटालाई मण्डनदेउपुरको मेयर पदमा उम्मेदबार बनाएको छ ।
पटक पटक मण्डनदेउपुरका लागि न्याय गरेका सापकोटालाई यो पटक भने मण्डनदेउपुरबासीले अमूल्य मत दिएर न्याय गर्ने समय आएको छ । भष्ट्राचार विरोधी सापकोटा आफैमा एउटा उदाहरण हुन् । सादगी जीवन जिउन रमाउने एक सेवक हुन् । मण्डनदेउपुरमा मौलाएको भष्ट्राचार कम गर्न उनको विजयी आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया