तामाघाट÷काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका एमालेका नेता कार्यकर्ताको एउटै संकल्प छ । यस पटकको स्थानीय तहकोे निर्वाचनमा प्राविधिक रुपमा गुमेका पाँचखालमा एमालेको लालझण्डा फहराउने । यो पटकको पाँचखालको निर्वाचन शासक बिरुद्ध जनताको छ । किसानहरु व्यापारीको बिरुद्धमा निर्वाचनमा होमिएका छन् । सबै बडामा सन्तुलित उम्मेदरबार उच्च मनोवल नै एमालेको जितको आधार हो ।
मेयरमा युवा नेता कंचन अधिकारी र उपमेयरमा सुर्यमायाँ दनुवारको उम्मेदबारीले सिंगो पाँचखाल जुरुक्कै उठेको छ । आज भएको उम्मेदबारी दर्तामा गठबन्धनमा रहेका दललाई एमाले एक्कैले चुनौती दिएको छ । उम्मेदबारको मनोवल निर्वाचनसम्म नभएर निर्वाचन विजयी भएर पाँच बर्षको नेतृत्व गर्ने समयसम्म कायम रहने कंचनले भने ।
पाँचखालमा फर्कदै एमाले, उच्च मनोवल र एमालेको विरासत फर्काउने उम्मेदबारको संकल्प
2022-04-25T22:10:30+05:45

तपाईको प्रतिक्रिया