काभ्रेमा एमालेका उम्मेदबारको उच्च मनोवल गठबन्धनमा अलमल

बनेपा÷नेकपा एमालेले काभ्रेका १३ वटा नै स्थानीय तहमा हजारौं कार्यकर्ताको उपस्थितीमा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेको छ ।
काभ्रेमा सबै स्थानीय तहमा एमालेले उच्च मनोवल पेश गरेको छ । १३ वटा तहका १३५ वटा बडामा उम्मेदबारी दर्ता गरेसँगै एमालेका उम्मेदरबार जनताको घर दैलोमा पुगेका छन् । सत्ता गठबन्धनमा रहेका दलमा भने अझ अलमल नै छ । बनेपामा एकीकृत समाजवादीले पाएको उपमेयर पदका बिषयमा झडपकै अवस्था सृजना भएको थियो । पछि रघुवर चौप्रधानलाई सो पाटीले उम्मेदबार बनाएको थियो ।
पनौतीमा उच्च मनोवलले उम्मेदबारी दर्ता
काभ्रेको पनौतीका १२ नै बडामा विजयी हासिल गर्ने उदेश्यले उम्मेदबारी दर्ता गरेको छ । सयौ कार्यकर्ताको माझमा आर्शिवाद बोकेर एमालेका नेताहरु उम्मेदबारी दर्ता गराउन पनौती नगरपालिका पुगेका थिए ।
मेयरका उम्मेदबार भिम न्यौपानेसँगै उपमेयरको उम्मेदबार गिता बञ्जाराले उम्मेदबारी दर्ता गराउनु भएको हो । उहाँहरुले न्यायप्रेमी जनतालाई मत दिएर सेवा गर्ने मौका दिन अनुरोध गर्नुभयो । पनौतीमा एमालेका उम्मेदबार जित नजिक रहेको बताइन्छ । काभ्रेमा सबैभन्दा मजबुत अवस्थामा एमालेको नेतृत्व रहेको छ ।
बनेपामा बाजागाजा सहितको ¥याली
काभ्रेमा बनेपा नगरमा रत्नकुश रंजित मेयर र विमला सापकोटा उपमेयरको उम्मेदबार बन्नु भएको छ । उहाँहरु जितको नजिक हुनुहुन्छ ।

स्थानीय तहको निर्वाचनको लागि जिल्लामा चुनावी गतिविधि तिव्र रुपमा अघि बढेको छ । दलहरु उम्मेदवार छनोटसँगै मनोनयन दर्तामा व्यस्त भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा मनोनयन दर्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ।
मनोनयन दर्तासंगै आजबाट स्थानीय तह निर्वाचनको अभियानमा जुटिएको नेकपा एमालेका अध्यक्ष सुरेश हुँमागाईले बताए । अनवरत रुपमा आम जनताको सेवामा इमान्दारिताका साथ लागि सम्पूर्ण पनौती नगरवासीले दिनुभएको ५ बर्षे कार्यकालको जिम्मेवारी निष्ठा र लगनका साथ पुरा गरी हरेक जनताको मन मनमा बस्न सफल पनौती भेगकै सालिन र सरल व्यक्तित्व भीम न्यौपानेको पुनः एकपटक जनताको सेवामा आउन पनौतीको मेयर पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु भएको उहाँले बताउनुभयो ।
उहाँ र उहाको टिमका उप–मेयर गिता बन्जारा सहित १२ वटै वडाका सूर्य ध्वजाबाहक वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुलाई अत्यधिक मत सहित बिजयी गराउनु हुन पनौतीवासी सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरुमा उहाँले हार्दिक अनुरोध गर्नुभएको छ ।
त्यस्तै जिल्लाको बनेपा नगरपालिकामा पनि स्थानीय तहका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । बाजा र ¥यालीका साथ नगर परिक्रमा गर्दै उम्मेदवारहरुले मननोयन दर्ता गराएका हुन् । हर्ष, उमंग र जोशका साथ उम्मेदवारहरुले आज नगरको निर्वाचन अधिकृतको कार्यालयमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेबाट नगर प्रमुखका लागि रत्नकुश रञ्जितकार, उप–प्रमुखका लागि बिमला सापकोटा दाहालसहित बनेपाका १४ वटै वडाका अध्यक्ष र वडा सदस्यले मनोनयन दर्ता गराएका हुन् ।

तपाईको प्रतिक्रिया