बनेपा÷स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांगे्रसले एक जना पनि महिलालाई प्रमुख वा उपप्रमुख बनाएन । बरु सबै पदमा पुरुष उम्मेदबारलाई मात्रै उठायो । गठबन्धनले काभ्रेमा पुरुष नेतालाई मात्रै फाईदा गरायो । सात स्थानीय तहमा प्रमुखको उम्मेदबारी दिएको कांग्रेसले कुनै पनि महिलालाई उम्मेदबार बनाएन ।
काभ्रेमा कांग्रेसले नपत्याएपछि सामाजिक संञ्जालमा महिला नेतृहरुले आफूमाथि अन्याय गरेको बिषय उल्लेख गरेका छन् । काभ्रेंमा यसअघि १३ स्थानीय तहमा १३ जना उपप्रमुख रहनु भएको थियो । एमालेले भने १३ स्थानीय तहमा महिला उम्मेदबार उठाएको छ । त्यस्तै, माओवादी केन्द्रले एक जना प्रमुख र एक जना उपप्रमुख उम्मेदबार बनाएको छ । समाजवादीले काभ्रेमा पाएको सिटमा महिलालाई उम्मेदबार बनाएको छैन ।
काभ्रेमा कांग्रेसको काईदा पुरुषलाई मात्रै फाईदा
2022-04-25T21:22:30+05:45

तपाईको प्रतिक्रिया