बनेपा÷कम्युनिष्टको दवदवाको बीचमा पनि काभ्रेमा अघिल्लो स्थानीय तहको निर्वाचनमा सानदार विजयी हासिल गरेका अधिकाशं उम्मेदबारलाई यो पटक कांग्रेसले पत्याएन । काभ्रेको बेथानचोक गाउँपालिका प्रेमबहादुर तिमल्सिना, रोशी गाउँपालिकामा डिबी लामा र तेमाल गाउँपालिकामा विजयी भएका सलामसिंह तामाङमा कुनै पनि उम्मेदबारलाई कांग्रेसले दो¥याएन । पाँचखालमा मेयर रहेका महेश खरेल मात्रै दोहोरिए । हिजोको स्थानीय तहको निर्वाचनमा पनौतीमा मेयरको उम्मेदबार बनेका विदुर बञ्जाराको सट्टामा रामशरण भण्डारीलाई उम्मेदबार बनायो । रोशीमा डिबी लामाको सट्टामा दिनेश लामालाई उम्मेदबार बनायो । त्यस्तै तेमालमा चन्द्र लामालाई उम्मेदबार बनायो । एक पटक नसोधी अर्काेलाई उम्मेदबार बनाए पनि कुनै पनि अध्यक्ष प्रतिक्रिया भने दिएका छैनन् ।
कांग्रेसले निर्वाचन जितेकालाई साथ दिएन
2022-04-25T12:14:12+05:45

तपाईको प्रतिक्रिया