काभ्रेमा माओवादीले पायो चार प्रमुख र पाँच उपप्रमुख


धुलिखेल÷नेकपा माओवादी केन्द्रले काभ्रेले स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रमुख र उपप्रमुखको उम्मेदबारको टुंग्गो लगाएको छ । तीन दलीय गठबन्धन अन्तरगत महाभारत गाउँपालिका, खानीखोला गाँउपालिका, भुम्लु गाउँपालिका र चौरीदेउराली गाउँपालिकामा प्रमुखको उम्मेदबार पाएको छ । सो अनुसार महाभारत गाउँपालिकामा कान्छालाल जिम्बा, खानीखोला गाउँपालिकामा इन्द्रबहादुर थिङ, भुम्लु गाउँपालिकामा प्रेमबहादुर भुजेल, चौरीदेउराली गाउँपालिकामा रेणु चौलागाईलाई उम्मेदरबार बनाएको छ ।
त्यस्तै, माओवादी केन्द्रले काभ्रेमा पाँच वटा पालिकामा उपप्रमुख पद पाएको छ । सो अनुसार नमोबुद्ध नगरपालिकामा रत्न लामा, पाँचखाल नगरपालिकामा चेतप्रसाद गौतम, रोशी गाउँपालिकामा मिमबहादुर वाइवा, तेमाल गाउँपालिकामा दलमान लामा र बेथानचोक गाउँपालिकामा तारा राना तिमल्सिनालाई उम्मेदबार बनाएको छ ।

तपाईको प्रतिक्रिया