
बनेपा÷बिश्व सम्पदा दिवस २०७९, बैशाख ५ गते सोमबारको अवसरमा युवा उद्यमी मंच काभ्रे र महिला उद्यमी मंच काभ्रेले बनेपा नगरको परिक्रमा गरेको छ ।
प्राचिन बनेपा सहर जोगाउन आव्हान गर्दै बनेपामा नगर परिक्रमा गरेको युवा उद्यमी मंच काभ्रेका अध्यक्ष सरोजकाजी श्रेष्ठले बताएइ । 
बिश्व सम्पदा दिवस २०७९, बैशाख ५ गते सोमबार आज बनेपामा नेवारी सुकुल भोज (झ्वः भ्वय) र साङ्गितिक प्रस्तुति हुने भएको छ ।
बनेपा लायकु दरबार क्षेत्रमा काभ्रेका युवा उद्यमीहरुको संस्था काभ्रे युवा उद्यमी मंञ्चले मौलिक सम्पदाको जगेर्ना र साँस्कृतिक पर्यटनको विकासमा टेवा पु¥याउन सो भोजको आयोजना गर्न लागेका हुन् । बनेपाको लायकु दरबार क्षेत्रमा आज दिउँसो २ बजे देखि ७ बजेसम्म भोज आयोजना हुनेछ ।

तपाईको प्रतिक्रिया