सत्ता गठबन्धनमा भागबण्डा मिलेन, मंगलबार पुनः बैठक बस्ने

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनअन्तर्गत महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयर पदको भागबण्डा मिलाउन नसकेपछि सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान र साँझ गरी दुई÷दुई पटक भागबण्डा मिलाउन बसेको गठबन्धनको बैठकले सहमतिलाई टुंगोमा पुर्याउन सकेन ।

बैठकले सहमति जुटाउन नसकेपछि मंगलबार पुन बैठक बोलाइएको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार भोलि साढे ११ बजे बैठक बसेर टुंग्याउने गरि सोमबारको बैठक सम्पन्न भएको छ । आगामी स्थानीय निर्वाचनमा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले छ महानगर र ११ उपमहानगरमा सत्तागठबन्धनबीच चुनावी तालमेल गर्दैछ ।

तपाईको प्रतिक्रिया