बनेपा÷गठबन्धनमा रहेका दलबीच काभ्रेमा पालिकाको संख्या कस कसलाई दिने भन्ने बिषयमा सहमती हुन नसकेपछि सहमतिको जिम्म प्रदेश कमिटीलाई स्थानीय तहको टुंग्गो लगाउने जिम्मेबारी प्रदेश कमिटीलाई दिने निर्णय गरेको छ ।
पाँच पटकसम्मको औपचारिक बैठकले ठोस निर्णय लिन नसकेपछि त्यसको निर्णय प्रदेश स्तरीय सयन्त्रलाई पठाउने गरि काभ्रेले निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता भोला अर्यालले जानकारी दिए ।
गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी(जसपा नेपाल) सम्मिलित नेताको आइतबार बसेको बैठकले जिल्लामा सहमती हुन नसकेपछि प्रदेशमा निर्णय गर्नेगरि सिफारिस गरेको अर्यालले बताए । काभ्रेमा रहेका १३ स्थानीय तहमध्ये नौ वटामा कांग्रेस, छ वटामा माओवादी केन्द्र, चार वटामा एकीकृत समाजवादी र एक स्थानीय तहको प्रमुखमा जनता समाजवादी पार्टीले दाबी नछाडेपछि निर्णय हुन सकेन ।
सिट बाँडफाँटबारे काभ्रेमा गठबन्धनबीच जुटेन सहमति
2022-04-17T19:45:46+05:45

तपाईको प्रतिक्रिया