तेमालमा काँग्रेस बाट रण बहादुरको चर्चा


आसन्न बैशाखमा हुने स्थानीय निर्वाचनमा तेमाल गाउँ पालिकामा रण बहादुर लामाको चर्चा हुन थालेकाछन् । नेपाली काँग्रेसका युवा नेता प्रदेश सभा १ (क) को उप सभापति रण बहादुर लामा तेमाल गाउँ पालिकामा नेपाली काँग्रेस बाट उम्मेदवारीको लागि चर्चा सुरु भएको छ । युवाहरुको माग संगै बिकास निर्माणमा चासो राख्ने नेतृत्व आउनु पर्ने तेमालका एक नेताले काभ्रे हेडलाईनलाई बताए । हालको अध्यक्ष सलाम सि लामाको पनि फेरी अधयक्षमा दोहोरीने दाउमा भए पनि उनले टिकट पाउने सम्भावन कम रहेको एक नेताले जानकारी दिए । अहिलेको परिस्थितिमा युवाहरुको माग युवामै भएको कारण रण बहादुरले टिकट पाउनु पर्ने उनले दाबी गरे । तेमाल बुुझेका नेतृत्व लाई काँग्रेस पार्टीले टिकट दिनुपर्ने उनले बताए । लामो समय नेपाली काँग्रेस पार्टीमा सकृय रहेका युवा नेता रण बहादुर तरुण दलको केन्द्रिय प्रतिनिधिको रुपमा काभ्रेबाट सकृय रहेका थिए । तरुण दलको राजनिति हुदै हाल लामा नेपाली काँग्रेस प्रतिनिधि सभा १ को प्रदेश सभा क को उप सभपतिको रुपमा जिल्लामा सकृय रहदै आएका छन् ।

तपाईको प्रतिक्रिया