मानवीय सेवामा सकृय पनौती जेसिज

 पनौती÷पनौती जेसिज सामाजिक तथा मानवीय समाजमा सकृय बनेर लागेको छ । पनौती जेसिजको मुख्य आयोजनामा पनौती सोसाइटी गुप्र , पनौती पर्यटन विकास केन्द्रको सह आयोजक ,कम्युनिटि वेल्नेस सेन्टर बनेपाको प्राबिधिक सहयोग , पनौती नगरपालिका स्वास्थ शाखा र पनौती वडा नम्बर ७ को विशेष सहयोगमा पनौतीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । पनौती जेसिजका अध्यक्ष सिजन सुधाकारले जेसिनले निरन्तर सामाजिक कार्य गरिरहेको बताउनुभयो । आफू अध्यक्षमा निर्वाचित भएपछि सामाजिक कार्यक्रमहरुमा सकृय बनेर लागेको सुधारकारले बताए । स्वास्थ्य शिविरमा निः शुल्क रुपमा सुगर÷ प्रेसर जाँच र प्राथमिक स्वास्थ्य सेवा शिविरमा २३७ जनाले सेवा लिनु भएको छ । अध्यक्ष सुधाकारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

तपाईको प्रतिक्रिया