नेपाली कांग्रेसबाट बनेपामा मेयरमा उपयुक्त पात्र शान्तिरत्न शाक्य

बनेपा÷ बनेपामा चुनाव जित्न त्यती सजिलो छैन कसैलाई पनि । कुनै दल र नेताका लागि बनेपा सहज नभएको उदाहरण बनेपामै छ । बनेपामा आफूले जित्ने भनेर कांग्रेस र एमालेका उम्मेदबारले दावि गरिरहेका छन् । तर भरपर्दाे आधार भने कसैले पनि सार्वजनिक गर्न सकिरहेका छैनन् । अहिले बनेपामा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । कार्यकर्ता भेटघाट र राजनीतिक कार्यक्रम बनेपामा दैनिक हुन थालेका छन् ।
बनेपा काभ्रेको पुरानो व्यापारिक क्षेत्र पनि भएकाले यसको मेयर बन्नु समग्र जिल्लाको नेतृत्व गर्नु सरहनै हुन्छ । त्यसैले स्थानीय तहको निर्वाचनको मिती नजिकिदै गर्दा बनेपामा विभिन्न राजनीतिक दलभित्र उम्मेदबारको चर्चा चुलिएको छ । प्रमुख दलले बनेपामा शक्ति प्रर्दशन गर्ने निश्चित प्राय नै भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमात्रै हैन एकीकृत समाजवादी पनि आन्तरिक तयारीमा जुटेको छ । जसपा नेपाल, साना दल र स्वतन्त्र उम्मेदबारले बनेपामा उम्मेदबारी घोषणा गरिसकेका छन् । त्योमध्ये चर्चामा भने नेपाली कांग्रेसका उम्मेदबारको अलि धेरै छ । त्यो हुनु ठूलो कुरा पनि हैन । बनेपामा कांग्रेसले आफ्नो उपस्थिती अलिक बढि नै बाक्लो बनाएको छ । पाँच बर्षमा वर्तमान नेतृत्वकर्ताको व्यवहारलाई बनेपालीले खासै रुचाएका छैनन् ।
आज हामी कांग्रेसको उम्मेदबारको चर्चा गर्देछौ । कांग्रेसबाट आधा दर्जन नेता मेयरको दाविमा छन् । त्यो मध्ये शान्तिरत्न शाक्यको बनेपामा आजभोलि धेरै चर्चित छन् । कारण उनको कांग्रेसबाट निरन्तर मेयरको रुपमा चर्चा गरिएको छ । तर उनी एक्ला भने हैनन् । संम्भावना अधिक भएका नेता भने पक्कै हुन् । कार्यकर्ताले भावि मेयरको रुपमा उनको चर्चा अत्याधिक मात्रामा गर्न थालेका छन् ।
मेयरको टिकटको नजिक रहेका शाक्य को हुन् त ?
कार्यकर्तासँग नियमित भेटघाट बाक्लो बनाएका शान्तिरत्न शाक्यको चर्चा अरुको भन्दा धेरै छ । एक उनलाई बागमती प्रदेश समितीका महामन्त्री कंचनचन्द्र वादेको उम्मेदरबारको रुपमा हेरिएको छ भने अर्काे तर्फ लामो राजनितीक इतिहास बोकेकाले कार्यकर्ताले अत्याधिक रुचाइएको नेतामा पर्छन् ।
व्यापारिक घरानामा जन्मिएका शाक्य सामान्य जीवन जीउन मन पराउने नेता भएकाले कार्यकर्ता उनीसँग नजिक छन् । आफ्नो घर आँगनकै नेता भएको महसुस गर्ने बनेपाली धेरै छन् । गाउँदेखि सहरसम्म व्यापारीदेखि किसानसम्म जोड्न सक्ने नेताको छवी बनाएका शाक्य तलदेखि उठेका नेताको रुपमा चिनिन्छन् । स्कूल जीवनका मेधावी विद्यार्थीका रुपमा देखिएका शाक्यले स्नातक तहसम्मको अध्ययन गरेका एसएलसीपछि आइएस्सी गरेका शाक्य तत्कालिन भ्याली क्याम्पस हालको केयूका पूर्व विद्यार्थी हुन् ।
जेसीजका नेता शान्ति रत्न सानै उमेरदेखि राजनीति र समाजसेवा सकृय भएर लागेका थिए । उनउले जेसीजको अन्तर्राष्ट्रिय प्राइम ग्राजुयट ट्रेनरः र जेसीज अन्तर्राष्ट्रिय जेसीज एकडेमीमा ग्राइजेशन , जापान २००० जेसीज अन्तर्राष्ट्रियबाट तालिम लिएका छन् ।
कांग्रेसमा सकृयता
नेपाली कांग्रेसभित्र शाक्यलाई पुराना इमान्दार नेताको रुपमा लिने गरिन्छ । उनको योगदान कांग्रेसभित्र ठूलो रहेको कांग्रेसका कार्यकर्ता नै बताउँछन् । आज कांग्रेसमा लागेर भोलिपल्ट नै मेयरको दावि गर्ने नेता शान्ति नरहेको बनेपाका नेपाली कांग्रेसका कार्यकर्ताको दावि छ छ ।
नेपाली कांग्रेसको बनेपानगर कार्यसमितिमा बि स २०४६ मै पाएका शाक्य २०४८ सालमा दोश्रो पटक बनेपा नगर समितीका सदस्य बनेका थिए । त्यसपछि – नेपाली कांग्रेस काभ्रे क्षेत्र न २ को कोषाध्यक्षको रुपमा बि स २०५२ मा विजयी बने । २०५७ सालमा काभ्रे क्षेत्र नं २ को क्षेत्रीय उपाध्यक्ष बनेका थिए । २०७२ सालमा नेपाली कांग्रेस बनेपा नगर समितीका उपाध्यक्ष बनेका शाक्य (२०५४–२०५९) सम्म बनेपा नगरपालिका बडा नं ९ का अध्यक्षमा विजयी भएका थिए ।
दोश्रो संविधान सभाको निर्वाचन २०७० मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदबार बनेका कंचनचन्द्र बादेको चुनावीप्रचार प्रसारमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । सो निर्वाचनमा वादे अत्याधिक मतले विजयी भएका थिए ।
नेपाली कांग्रेसको १० औ महाधिवेशनदेखि हरेक महाधिवेशनमा सकृय सहभागिता जनाएका उनी नेपाली कांग्रेसका तलदेखि माथिसम्मका नेताले मन पराएका नेताको रुपमा परिचित छन् ।
नेपाली कांग्रेसका नगर सभापती सम्मेलन–२०७३, बनेपा– संयोजक बनेर देशव्यापी रुपमा आफ्नो हैशियत सबैमाझ देखाएका थिए ।
उनी नेपाली कांग्रेसमा मात्रै नभएर सामाजिक संघ संस्थामा पनि निक्कै सकृय रुपमा स्थापित सामाजिक अभियान्ता हुन् ।
अध्यक्ष – बनेपा जुनियार जेसीज सन् १९८७, अध्यक्ष – काभ्रे जेसीज सन् १९९२, राष्ट्रीय उपाध्यक्ष – नेपाल जेसीज सन् १९९४, राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष – नेपाल जेसीज सन् २०००, राष्ट्रीय अध्यक्षउम्मेद्वार – नेपाल जेसीज सन् २००४ रहेका थिए ।
बिगत १० वर्ष देखी काभ्रे उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य एवम् विशिष्ट आमन्त्रीत सदस्य, सल्लाहकार – नेपाल हृदय रोग प्रतिष्ठान काभ्रे, चार्टर प्रेसिडेन्ट(संस्थापकअध्यक्ष) लाईन्स क्लब अफ माँ चण्डि, बनेपा सन् २०२१
संस्थापक उपाध्यक्ष रोटरी क्लब अप mकाभ्रे, बनेपा सन् २००१ रहेका छन् । उनले सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा अन्तर्राष्ट्रिय सभा, सम्मेलनमा सहभागिता जनाएका छन् । उनले
जेसीज अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलन च्याङ्गमाइ, थाइल्याण्ड – सन् १९९०, दक्षिण एसिया लगानी सम्मेलन बेइजिङ्, चिन, जेसीजअन्तर्राष्ट्रिय एकेडेमिक सेमिनार यामागाता, जापान – २०००, अन्तर्राष्ट्रिय मेयर सम्मेलन हिरोशिमानागासाकि, जापान – २००१ बनेपानगरको भागनीनगर सिगात्से नगर तिब्बत भ्रमण सन् १९९९ मुख्य रहेका छन् ।
बैदेशिक भ्रमणमा भारत, चिन, जापान, थाइल्याण्ड, सिङ्गापुर, मलेसिया, बाङ्ग्लादेश, युएइ, टर्की, भियतनाम्, इन्डोनेसिया रहेका छन् । दर्जनभन्दा धेरै देशको विकास बुझेका शान्तिरत्न शाक्य त्यसलाई बनेपामा प्रयोग गर्न राजनीतिमा हाम फालेका हुन् ।
व्यापार व्यवसाय
उनको पेशा राजनीति हैन । सेवाका लागि राजनितीमा प्रवेश गरेका हुन् । उनको सकृयता व्यापारमा व्यवसायमा छ । उनी भन्छन्, सरकारी सेवा सुविधा लिनको लागि मैले राजनिती गरेको हैन । उनले भने म पैसा कमाउन भष्ट्राचार गर्न नभएर सेवा दिनको लागि यो पेशामा आकर्षित भएको हुँ ।
उनी प्रवन्ध निर्देशक – धरती माता मोटर पार्ट्स्, बनेपा, प्रमुख कार्यकारी – चैत्य लक्ष्मी इन्टरनेशनल प्रालि, अध्यक्ष – माँ चण्डी शुभश्री इण्डष्ट्रीज प्रालि, धुलिखेल, अध्यक्ष – ग्रीट इण्भेष्टमेन्ट प्रालि, बनेपा र कार्यसमिती सदस्य नोवेल बचत तथा ऋण सहकारी संस्था बनेपा रहेका छन् ।
शान्ति यस कारण मेयरको उम्मेदबार
बनेपा बुझेका र विकास जानेका शाक्य सादगी नेताको रुपमा परिचित छन् । योजना बनाउन सक्ने, लोभ नभएका र समृद्ध बनेपा बनाउन सक्ने योजना बनाउन सक्ने नेता शाक्य भएकाले उहाँलाई विजयी गराउन सकिने आधारहरु धेरै भएको बनेपाका नेताहरु बताउँछन् । नेपाल विद्यार्थी संघ काभ्रेका सभापति निपृेश वादे युवाको ढुकढुकी भिजन भएका नेता भएकाले शान्तिरत्न शाक्यको विकल्प छैन । त्यस्तै उनको पछि आफू जस्तै सयौ युवाको साथ रहेकाले उनको टिकटको विकल्प नभएको उनी बताउँछन् ।
कार्यकर्ताको सपना बोक्न सक्ने, बनेपाको सहरी र ग्रामीण भेग समेट्न सक्ने नेता भएकाले उनलाई टिकट दिएर समृद्ध बनेपा बनाउन सकिने अर्का युवा नेता उज्वल प्रधानले भने । उनले बनेपाको सडक, खानेपानी, शिक्षा, व्यापारको विकासमा योजना बनाउन सक्ने नेता शान्तिरत्न भएकाले उहाँ नै मेयरको उम्मेदबार बनाउन आवश्यक रहेको उनले भने ।
रहर सबैको हुन्छ तर अहिले भिजन भएको नेता शान्तिरत्न भएकाले उहाँहरुलाई उम्मेदबार बनाउनु पर्ने उनले थपे । नेपाली कांग्रेस बनेपाका सचिव एसकुमार रंजितले बनेपाको आवश्यकता शान्तिरत्न बाहेक कोही नभएको बताए ।

तपाईको प्रतिक्रिया