
बनेपा – काभ्रे जिल्लाको ब्यापरिक केन्द्रका रुपमा परिचित छ । तर यश क्षेत्रका गाउँथाउहरुको बिकासक्रम संगै बाटो पहुँच हरेक स्थानमा बढेकोले यहाँको ब्यापार घटी रहेको कुरालाई मध्यनजर गरि अब बनेपाले आफ्नो आय आर्जन गर्ने स्रोतका रुपमा सास्कृतिक पर्यटनलाई अगाडि बधाउनु पर्ने आवस्यकता रहेको अध्यक्ष सरोज काजी श्रेष्ठ ज्यु बताउँछन् । यसका लागि काभ्रे युवा उधमी मंच ले “प्राचीन बनेपा जोगाऔ” अभियान अगाडि बधाएको छ । यसै अभियान अन्तर्गत यश मंचले विश्व सम्पदा दिवसका अवसरमा मिति २०७९ बैशाख ५ गते सोमबार नेवारी सास्कृतिक पक्ष उजागर गर्ने नेवारी सुकुल भोज तथा साङिगतिक कार्यक्रम बनेपा लायकु दरबार क्षेत्रमा आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया