
बनेपा÷तेमाल क्षेत्रमा सामुदायिक विद्यालयलाई समाजसेवी उज्वल लामाको सहकार्यमा शैक्षिक सामाग्री वितरण गरिएको छ । काभ्रेको तेमाल क्षेत्रको शैक्षिक, सामाजिक, साँस्कृतिक तथा स्वास्थ्यको विकासमा विगतदेखिनै उल्लेख्य भुमिका निर्वाह गरिरहनु भएका लामाको सहयोगमा ह्रेन्जेन दोर्जे प्रतिष्ठानको सहकार्यमा १८३ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
ह्रेन्जेन दोर्जे प्रतिष्ठानको अध्यक्ष उज्वल लामा र पार्टेज एशोसिएसन फ्रान्सका सदस्य मेनक्वीव वैजनीको उपस्थितमा तेमाल गाउँपालिका अन्तर्गत सिम भञ्ज्याङ प्राथमिक विद्यालय भैसे, श्री मल्लावी प्राथमिक विद्यालय लामागाँउ, श्री जनचेतना माध्यमिक विद्यालय संस्युखर्क र श्री पन्चाकन्या आधारभूत विद्यालय आधामा १८३ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको हो ।
तेमालका सामुदायिक विद्यालयमा शैक्षिक अवस्था सुधार गराउन सो प्रतिष्ठानले दुई जना शिक्षिकाको मासिक तलबको व्यवस्था गरेको छ ।
ह्रेन्जेन दोर्जे प्रतिष्ठानको सहकार्यमा तेमालमा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
2022-04-15T08:45:38+05:45

तपाईको प्रतिक्रिया