प्रेस सेन्टर बेथानचोक समितिलाई प्रमाणपत्र हस्तान्तरण

बेथानचोक –  प्रेस सेन्टर नेपालले स्थानीय तहमा आफ्नो कमिटी निर्माण कार्यलाई तीव्र बनाएको छ । सोही क्रममा काभ्रेको बेथानचोक गाउँपालिका स्तरिय कमिटीलाई प्रमाण पत्र वितरण एवं एक दिने पत्रकारिता तालिम गरेको छ । सेन्टर नेपाल वागमती प्रदेशको अध्यक्ष यदुनाथ गौतम(देउपुरे)को प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो । प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ,प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवं बेथानचोक गाउँपालिका इन्चार्ज नवराज अधिकारी नेकपा माओवादी केन्द्र बेथानचोकको अध्यक्ष तारा राना तिमल्सिना नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य कुमारतिमल्सिना लगायतले नव निर्वाचित पदाधिकारी र कार्यसमिती सदस्यहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।
चैत्र महिनाको १२ गते सम्पन्न सम्मेलनले जीवन तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती चयन गरेको छ । बेथानचोकमा भएको सम्मेलनबाट उपाध्यक्षमा सुनिल तिमल्सिना, महिला उपाध्यक्षमा मनिषा तिमल्सिना(आराती) सचिवमा मेनुका तामाङ , कोषाध्यक्षमा चित्र प्रसाद घिमिरे(हरिहर) चयन भएका थिए । कार्य समितिको सदस्यहरुमा आकाश तामाङ, उज्वल तिमल्सिना, निराजन तिमल्सिना रमिला श्रेष्ठ, , सुनिल वाइवा, सोबिता तिमल्सिना सुमित्रा तिमल्सिना चयन भएका छन ।

तपाईको प्रतिक्रिया