काभ्रेमा समाजवादी ठूलो की माओवादी !


बनेपा÷काभ्रेमा २०७४ सालको स्थानीय तहमा आएको मतदानलाई हेर्दा एमाले पहिलो दल हो । नेपाली कांगे्रस दोश्रो हुँदा एमालेसँग फुटेर बनेको दल नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रमध्ये कुन दल ठूलो भन्ने बहस सुरु भएको छ ।
काभ्रेका १३ वटा स्थानीय तहमध्ये चौरी देउराली गाँउपालिका र महाभारत गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो । बाँकी ११ वटा स्थानीय तहमध्ये मण्डनदेउपुर, बनेपा, धुलिखेल, पनौतीमा माओवादी क्लिन स्विप भएको थियो । त्यस्तै बेथानचोकमा एउटा वडा सदस्यमा मात्रै माओवादीले विजयी हात पारेको थियो । पाँचखालमा तेस्रो, भुम्लुमा तेस्रो र तेमाल र नमोबुद्धमा तेस्रो मत ल्याएको थियो । तर बडा अध्यक्ष विजयी भएको हिसाबले नमोबुद्धमा भने दोश्रो भयो । खानीखोलामा दोश्रो र रोशीमा बडा विजयी भएको हिसाबले दोश्रो भएको थियो ।
काभ्रेमा स्थानीय तहको माओवादीले २६ हजार मत सहित २३ वटा बडामा विजयी भएको हो । काभ्रेमा एमालेले ६४ हजार र कांग्रेसले स्थानीय तहमा ५८ हजार मत ल्याएको थियो । अहिलेको अवस्थामा निर्वाचनहुँदा पनि माओवादी केन्द्रले अहिले जितेकोमा भन्दा केही स्थानमा थप गरेर वडा र स्थानीय तह सहजै जित्ने अवस्था रहेकाले आफू तेस्रो दल रहेको दावि माओवादी छ ।
एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीले भने आफूलाई काभ्रेमा तेस्रो दलको दावि गरिरहेको छ । मण्डनदेउपुर नगरपालिकाको प्रमुख सहित नमोबुद्ध नगरपालिकाको उपप्रमुख सहित ५८ जना जनप्रतिनिधीले आफ्नो पार्टीमा सनाखत गरेको नेकपा समाजवादीका सचिव दीपक गौतमले जनाउनुभयो । अहिलेको अवस्थामा काभ्रेको हिसाबमा माओवादी तेस्रो शक्ति रहेको गौतमले भन्नुभयो ।
तर कतिपय समाजवादीका नेताहरु भने माओवादीभन्दा आफूहरुनै ठूलो काभ्रेमा ठूलो हैसियतमा रहेको दावि गरिरहेका छन् । तर काभ्रेमा अहिलेसम्मको अवस्थामा माओवादी केन्द्र तेस्रो शक्तिको रुपमा रहेको छ ।

तपाईको प्रतिक्रिया