बनेपा÷स्थानीय तहको निर्वाचनसँग प्रत्यक्ष सम्बन्ध रहेको धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पदाधिकारीमा गठबन्धनमा रहेका दलका उम्मेदबारले विजयी हासिल हात पारेका छन् ।
खानेपानीको निर्वाचनमा गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा एकीकृत समाजवादीका कृष्णभुषण खोजु,सचिवमा नेपाली कांग्रेसका श्याम दर्शन गणेजु र कोषाध्यक्षमा नेकपा माओवादीका प्रभात श्रेष्ठ विजयी भएपछि गठबन्धन उत्साहित देखिएको छ ।
धुलिखेलका मेयर अशोक व्याञ्जूका निकट रहेका राजकुमार तखाछें अध्यक्षमा भारी मतले पराजित भएपछि यसैलाई स्थानीय तहको निर्वाचनसम्म कायम राख्ने तयारीमा गठबन्धन रहेको दावि गरिरहेको छ । यसले गठबन्धनमा उत्साहित देखिएको छ भने एमालेले थप योजना बनाउन अवसर पाएको छ ।
धुलिखेल खानेपानीमा गठबन्धन सफल भएपछि उत्साहित
2022-04-10T08:01:07+05:45

तपाईको प्रतिक्रिया